भोलि सार्वजनिक बिदा

Posted on: 18 Oct, 2021

कात्तिक १, काठमाडौं | मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!