गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

ब्लड नभएको ब्लड वैंक

२ भाद्र २०७३, बिहीबार ११:५५

गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३ जनाले दाङमा रक्तदान गरेका छन । रुकुममा रक्तदान गर्ने व्यवस्था नहुँदा जिल्ला बाहिर रक्तदान गराइएको हो । 

नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले जिल्ला अस्पतालमा स्थापना गरेको रक्त सञ्चार केन्द्रमा खोजेको बेला रगत नपाइँदा विरामीले थप समस्या झेल्दै आएका छन् । रक्त सञ्चार केन्द्र स्थापना भएपछि सजिलो हुने आशमा बसेकाहरु ब्लड वैङ्क स्थापना भएको ३ महिना वितिसक्दा समेत नियमित नहुँदा समस्यामा छन् । 

रक्त सञ्चार केन्द्र आवश्यक पर्दा मात्रै खोल्ने गरिएको एक कर्मचारीले जानकारी दिनुभयो । 

गत जेठ १९ गते विश्व रक्तदाता दिवश अवसर पारी रक्त सञ्चार केन्द्र स्थापना गरिएको थियो । केन्द्र स्थापना गरिएको लामो समयसम्म पनि त्यसको लागि आवश्यक सामग्री प्रयोगमा नआउँदा समस्या भैरहेको जिल्ला असपताल प्रमुख डाक्टर क्षितिज सापकोटाले जानकारी दिनुभयो । आवश्यक सामग्री प्रयोग नहुँदा रगत संकलन गर्ने सक्ने अवस्था अहिले नरहेको डाक्टर सापकोटाले बताउनुभयो । 

रक्त सञ्चार केन्द्र हुनु र नहुनुमा केही फरक छैन । रगत चाहिएको बेला दौडेर सेना, प्रहरीलाई वा रेडक्रसलाई रगत दान गर्ने मान्छे खोजिदिन आग्रह गर्नुपर्ने पूरानै अवस्था कायमै छ ।

यता रेडक्रस सोसाइटी रुकुम शाखाले भने रक्त सञ्चार केन्द्रमा रगत संकलन हुने गरेको दावी गरेको छ । रेडक्रस रुकुमका शाखा सभापति शिवराम खत्रीले रक्त सञ्चार केन्द्रमा एक÷दुई पोका रगत भैराख्ने गरेको जानकारी दिनुभयो । केन्द्र नियमित रुपमा सूचारु रहेको भन्दै सभापति खत्रीले रगत पनि स्टोर भैरहेको दावी गर्नुभयो । 

रक्त सञ्चार केन्द्र स्थापनाको लागि जिल्ला अस्पतालले छुट्याएको रकम भुक्तानि नहुँदा ५० हजार रुपैयाँ फ्रिज भएको जिल्ला अस्पतालले बताएको छ । रक्त सञ्चार केन्द्र स्थापना गर्न आर्थिक वर्ष २०७२÷०७३ मा छुट्याइएको ५० हजार रुपैयाँ रेडक्रसले भुक्तानि नलिँदा फ्रिज भएको अस्पताल प्रमुख डाक्टर सापकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प