२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन पत्रकारलाई श्रम रोजगार पत्रकारिता पुरस्कार

२०७८, ५ कार्तिक शुक्रबार १६:५४

कात्तिक ५, काठमाडौँ | श्रम रोजगार पत्रकार समूहद्वारा स्थापित यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार बिभिन्न संचार माध्यममा कार्यरत तीन जना संचारकर्मीले प्राप्त गर्ने भएका छन् । 

यस बर्षको पुरस्कार कान्तिपुरकर्मी अमृता अनमोल, शिलापत्र डटकमका पत्रकार रमेश भारती र साझा सबाल डटकमका पत्रकार अनिल अधिकारीलाई प्रदान गरिने भएको हो । पुरस्कारको कुल राशि ६० हजार रुपैयाँ रहेको छ । पुरस्कारका लागि यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को साझेदारी रहेको छ ।

२२ जना पत्रकारले लेखेका बिभिन्न ७६ वटा समाचार रिपोर्टहरु मध्येबाट स्वतन्त्र निर्णायक मण्डलले क्रमश अनमोल, भारती र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए । 


उत्कृष्ट सामग्री छनोटका लागि तीन सदस्यीय स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलमा प्रतिनिधिसभा सदस्य तथा आइएलओ गभर्निङ बडी सदस्य डा. विन्दा पाण्डे, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल र श्रम आप्रवासनसम्बन्धी विज्ञ/अनुसन्धानकर्ता जीवन बानियाँ रहेका थिए । 

कात्तिक १० गते कार्यक्रम गरि पुरस्कार रकम हस्तान्तरण गरिने श्रम रोजगार पत्रकार समूहले जनाएको छ । 

श्रम रोजगारको क्षेत्रमा कलम चलाउने संचारकर्मीहरुको दक्षता अभिवृद्धि गर्ने, उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१९ मा श्रम रोजगार पत्रकार समूहको स्थापना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो