नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समू"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटियो

३ भाद्र २०७३, शुक्रबार ०३:०९

 नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समूहले नगद र गर गहना लुटेका हुन् । पेरे गाउँका पृथ्वीवहादुर एैडि र कृष्ण बुढाको घरबाट नगद र गर गहना लुटेको स्थानीय चुम्म बुढाले जानकारी दिए ।       

 पृथ्वी वहादुर एैडिको घरबाट २ लाख नगद, दुई तोला सुन, २ सय चाँदिको डलर, ४ वटा चाँदिका फुरु र ५ वटा सिलिपिङ्ग ब्याक लुटिएको छ, भने कृष्ण बुढाको घरबाट २ लाख नगद रुपैया अपरिचित समूहले लुटेको प्रहरीले जनाएको छ । प्रहरीले उठाएको मुचुल्का अनुसार पृथ्वीवहादुर एैडि र कृष्ण बुढाको घरबाट करिब ६ लाख ७० हजार रुपैया लुटिएको डिल्लीचौर प्रहरी चौकिका हल्वदार प्रकाशदत्त पाण्डेले बताए ।

 डिल्लीचौर प्रहरी चौकिले घटनाको अनुसन्धान गरि रहेको भन्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा अनुरोध गरिएको पाण्डेले बताए । डिल्लीचौर प्रहरी चौकिसँग आवश्यक जनशक्ति र उपकरण नभएकाले जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको हो । जिल्ला सदरमुकामबाट पातारासि पुग्न करीब ४ घण्टाको पैदल यात्रा गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…