कात्तिक २१, काठमाडौँ | आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुने १२ जना मध्ये ८ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।
त्यस्तै मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ दाङका ६० वर्षीया डुली देउले, बबई गाउँपालिका–६ का पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायणपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिका–२ का तिलक ओली रहेको प्रहरीले जनाएको छ ।
३१ जना सवार बसमा १२ जनाको मृत्यु भएको र बाँकी सबै घाइते भएका छन् । प्रहरीका अनुसार बस चालक फरार छन्, उनको खोजी कार्य जारी रहेको छ ।