भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भैरव नाच यसवर्ष पनि प्रदर्शन हुने

२०७३, ३ भाद्र शुक्रबार ०६:४०

भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी र कुमाननीका स्थानीय बासिन्दाको अथक प्रयास, कडा परिश्रमले भैरव नाच निकाल्ने तयारी पूरा भएको स्थानीय बासिन्दा अष्टराम प्रजापतिले जानकारी दिनुभयो । 

दुई भैरव, दुई दाःगि (कुमारी) र एक ज्यापु गःचा गरी पाँचजना देवगण रहने सो नाचका लागि यसपटक तुल्सीकृष्ण प्रजापति र विकास प्रजापति भैरव, विनोद प्रजापति र विश्वास प्रजापति दाःगि र आरएन प्रजापति ज्यापु गःचा भएर प्रसिद्ध भैरव नाच प्रदर्शन गर्ने भएका हुन । उनीहरु एक महिनादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तयारी गरिरहेका छन् । 

गाईजात्रा सापारुको भोलिपल्ट अर्थात शनिबार रातिदेखि थिमिमा चार रातसम्म नचाइने उक्त नाच सञ्चालनका लागि करिब सात लाख खर्च हुने बताइएको छ । आर्थिक अभावका कारण समेत लोप भइसकेको नाच फेरि स्थानीयवासीकै पहलमा जोगाउन यसवर्ष प्रदर्शन गर्न लागिएको हो । 

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । 

मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रवधान रहेको छ ।

प्राचीनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस