भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भैरव नाच यसवर्ष पनि प्रदर्शन हुने

३ भाद्र २०७३, शुक्रबार ०६:४०

भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी र कुमाननीका स्थानीय बासिन्दाको अथक प्रयास, कडा परिश्रमले भैरव नाच निकाल्ने तयारी पूरा भएको स्थानीय बासिन्दा अष्टराम प्रजापतिले जानकारी दिनुभयो । 

दुई भैरव, दुई दाःगि (कुमारी) र एक ज्यापु गःचा गरी पाँचजना देवगण रहने सो नाचका लागि यसपटक तुल्सीकृष्ण प्रजापति र विकास प्रजापति भैरव, विनोद प्रजापति र विश्वास प्रजापति दाःगि र आरएन प्रजापति ज्यापु गःचा भएर प्रसिद्ध भैरव नाच प्रदर्शन गर्ने भएका हुन । उनीहरु एक महिनादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तयारी गरिरहेका छन् । 

गाईजात्रा सापारुको भोलिपल्ट अर्थात शनिबार रातिदेखि थिमिमा चार रातसम्म नचाइने उक्त नाच सञ्चालनका लागि करिब सात लाख खर्च हुने बताइएको छ । आर्थिक अभावका कारण समेत लोप भइसकेको नाच फेरि स्थानीयवासीकै पहलमा जोगाउन यसवर्ष प्रदर्शन गर्न लागिएको हो । 

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । 

मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रवधान रहेको छ ।

प्राचीनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…