४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलिकोप्टरबाट उद्धार

२२ कार्तिक २०७८, सोमबार १४:२७

कात्तिक २२, खोटाङ | प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन जना महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ । प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका- ५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २४ वर्षीया मेनुका खड्कालाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरेर प्रसूति गृह थापाथली लगिएको हो । 

सामान्यतः ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा दीपालाई ३५ हप्तामै सुत्केरी व्यथा लागेकाले अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका डा. नीतु लामाले बताइन् । यस्तै, गर्भ रहेको ३० हप्तामा बच्चा खेल्ने पानीघर फुटेकाले छिटो सुत्केरी व्यथा लाग्ने खतरा देखिएपछि सुनितालाई सुविधा सम्पन्न अस्ताल लैजान रेफर गरिएको हो । बच्चा जन्मिने समय छ दिन पार गरेको, रक्तचापको समस्या देखिएको र बच्चा खेल्ने पानीको मात्रा कम देखिएकाले मेनुकालाई काठमाडौं रेफर गरिएको डा. लामाले बताइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लाबाट एकै दिन तीन जना गर्भवती महिलाको उद्धार गरिएको संभवतः यो पहिलो घटना हो । 

अवस्था गम्भीर भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले पठाएको पत्रअनुसार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टर व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएका थिए । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव वेदनाले छट्पटाइरहेका महिलाको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ