2026-10-03 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलिकोप्टरबाट उद्धार

कात्तिक २२, खोटाङ | प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन जना महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ । प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका- ५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २४ वर्षीया मेनुका खड्कालाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरेर प्रसूति गृह थापाथली लगिएको हो । 

सामान्यतः ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा दीपालाई ३५ हप्तामै सुत्केरी व्यथा लागेकाले अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका डा. नीतु लामाले बताइन् । यस्तै, गर्भ रहेको ३० हप्तामा बच्चा खेल्ने पानीघर फुटेकाले छिटो सुत्केरी व्यथा लाग्ने खतरा देखिएपछि सुनितालाई सुविधा सम्पन्न अस्ताल लैजान रेफर गरिएको हो । बच्चा जन्मिने समय छ दिन पार गरेको, रक्तचापको समस्या देखिएको र बच्चा खेल्ने पानीको मात्रा कम देखिएकाले मेनुकालाई काठमाडौं रेफर गरिएको डा. लामाले बताइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लाबाट एकै दिन तीन जना गर्भवती महिलाको उद्धार गरिएको संभवतः यो पहिलो घटना हो । 

अवस्था गम्भीर भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले पठाएको पत्रअनुसार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टर व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएका थिए । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव वेदनाले छट्पटाइरहेका महिलाको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने