२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा तितेपातीबाट व्यवसायिक तेल उत्पादन

२३ कार्तिक २०७८, मंगलवार ०७:०३

कात्तिक २३, लमजुङ | लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ ।

हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । साविकको भोजे गाविसको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो । यसको परीक्षण उत्पादन दुई वर्ष अघि नै सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए ।

उनका अनुसार ६ सय केजी तितेपातीबाट एक लिटर तेल निस्कन्छ ।  तितेपाती प्रतिकेजी चार रुपैयाँमा आफूहरूले गाउँलेहरूसँग खरिद गर्ने गरेको गुरुङले बताए । उनका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैया खर्च लागेको छ ।

१४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालक चार जनाले संकलन गरी सञ्चालन गरिएको हो ।

पातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । ठूलो परिणामको तेल उत्पादन नभएकाले हिमालयन हर्बो सेन्टरले विक्री गर्ने अध्यक्ष गुरुङले बताए ।

उनले भने, ‘यस तेलको बजार मूल्य प्रति लिटर गत वर्ष त नौ देखि १० हजार रुपैयाँ थियो अहिले लकडाउनका कारण ६ हजारमा झरेको छ ।’ एक वाहन तेल निस्कन चार घण्टाको समय लाग्छ । त्यसपछिका तीन घण्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ । एक बाहनका लागि ५ भारी (डोको) दाउरा लाग्ने र त्यो प्रति भारी एक हजार आठ सयमा खरिद गर्ने गरेको अध्यक्ष गुरुङले बताए ।

उक्त कम्पनीले एक मिस्त्री र एक सहायकलाई पुरा समयका नोकरी र एक जनालाई आंशिक काम दिएको छ भने दिनमा सात जनादेखि १५ जनासम्मले तितेपाती कम्पनीमा ल्याउने गरेको कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताए । उनले भने, ‘हामीले कम्पनीको चालु पूँजी आठ लाख रुपैयाँ राखेका छौं ।’

तीतेपातीसँगै उँमा अब रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने परियारले बताए । उनले भने, ‘त्यसका लागि हर्बो कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई  वितरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान