२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध तस्करीका दोषीलाई दिन लागिएको मृत्युदण्ड स्थगित

२०७८, २३ कार्तिक मंगलवार ०९:३८

कात्तिक २३, सिंगापुर | एजेन्सी | सिंगापुरमा लागुऔषध तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड स्थगित गरिएको छ । अदालतको एक आदेशपछि उनलाई दिन लागिएको सजाय अन्तिम समयमा स्थगित भएको हो । 

लागुऔषध तस्कर गरेको आरोपमा भारतीय मूलका मलेसियाली नागरिक नागेन्द्रम के धर्मलिंगम सन् २००९ सिंगापुरमा पक्राउ परेका थिए । सन् २०१० मा त्यहाँको एक अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो । 

धर्मलिंगमलाई बुधबार मृत्युदण्ड दिइने तयारी थियो । तर, त्यसको  अन्तर्राष्ट्रिय स्तरमा नै बिरोध भएको थियो । उनको मानसिक अवस्था र बौद्धिक क्षमता कमजोर भएकोले मृत्युदण्ड दिन नहुने मलेसियाली अधिकारीहरु र मानव अधिकारबादी समूहले तर्क गर्दै आएका छन् ।  

नागेन्द्रन मानसिक रूपमा स्वस्थ छैनन् भन्ने दाबीसहित अदालतमा निवेदन परेपछि मंगलबार पुनरावेदन अदालतले उनको मुद्दा हेर्न सुरु गरेको छ । 

यसअघि सिंगापुरकै अदालतले उनी मानसिक रुपमा स्वस्थ रहेको ठहर गरेका थिए । 

नागेन्द्रन स्वयं पीडित भएकोले उनलाई मृत्युदण्ड दिन नहुने उनका वकिलले दाबी गर्दै आएका छन् । उनी लागुऔषध तस्करीको गिरोहबाट पीडित भएको र उपचारको आवश्यक भएको वकिलको दाबी छ ।

नागेन्द्रनलाई कोभिड पोजेटिभसमेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ