सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । 

गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । 

गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्ध"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका बाढी पिडितद्वारा जिल्ला प्रशाासन कार्यालयमा धर्ना

३ भाद्र २०७३, शुक्रबार ०९:२२

सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । 

गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्धनको माग गर्दै बाढि पिडितहरु धर्नामा बसेका हुन । 

बाढी पिडितहरुले सेती नदी र बाहुलीगाडमा तत्काल तटबन्धन गर्नुपर्ने र बाहुली गाडले बगाएको झोलुङ्गे पुल निर्माण गर्नु पर्ने माग राख्दै साउन ७ गते प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानिय प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पेश गरेको थियो ।

धर्ना बसिरहेको बेला प्रशासनका कर्मचारी कार्यालय भित्र प्रबेश गरेको भन्दै बाढि पिडित आक्रोसित हुँदा प्रहरी  र बाढि पिडित बिच केही क्षण झडप भएको थियो । 

माग पुरा नभएपछि बाढी पिडितहरुले चरणबद्घ आन्दोलनका कार्यक्रम आयोजना गरेका छन । 

बाढीले २०४३ सालमा बनेको सदरमुकाम चैनपुर जोड्ने १ सय ५ मिटर लामो झोलुङगे पुल बगाएको छ । बर्षेनी बाढिले नदी वारीपारीका खेतीयोग्य जमिन बगाउने गरेको छ । 

राज्यले बर्षेनी २ करोड रकम सेती नदी र बाहुली गाडको तटबन्धनमा खर्च गरेतापनि प्रभावकारी अनुगमन नहुदा कामको प्रभाव देखिएको छैन । 

प्रत्येक बर्ष तटबन्धन गर्छन बाढी आएर जाली बगाएर लैजान्छ बाहुलीगाड बाढी क्षती न्यूनीकरण तथा सदरमुकाम बचाउ अभियानका अध्यक्ष धर्मराज रसाइलीले बताए । ठेकदारले प्रभावकारी काम नगर्दा खोलाले तटबन्धन नै बगाएर क्षती गर्ने  गरेको  उनको भनाइ छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरधुरी मा जोखिम रहेका छन ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले तटबन्धनका लागि जिल्ला प्रशासन कार्यालय बाट पहल भइरहेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला