बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।

“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।

“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ"/>

2026-09-08 02:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुचना दिने कुरामा कञ्जुसाई नगरः प्रजिअ पौडेल

बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।

“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ राष्ट्रिय सूचना दिवसका अबसरमा आज सल्यानको खलंगामा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले सुचनाको ऐनमा पनि सार्वजनिक तथा सरकारी निकायहरुले आफूले गरेको काम पारदर्शी बनाउने सूचना कसैले मागेमा उपलब्ध गराउनको लागि सूचना अधिकारीको व्यवस्था हुनुपर्ने प्रावधान रहेको बताउनु भयो । 

मागे अनुसारको सूचना नपाएमा सूचना अधिकारीविरुद्ध प्रमुख समक्ष उजुरी दिन सकिने बताउदँै उहाँले प्रमुखको फैसला चित्त नबुझेमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने व्यवस्था रहेको पनि जानकारी दिनु भयो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले जुन सुकै सार्वजनिक निकायमा भएको वा भइरहेको वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानून बमोजिम अपराध मानिने कुनै काम भइरहेको भए पनि त्यसको सूचना दिनु सम्बन्धित सार्वजनिक निकायका कर्मचारीको दायित्व भएको स्पष्ट पार्नु भयो । 

जिल्ला प्रशाशन कार्यालय सल्यानको आयोजनामा प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम गरेर नौँ राष्ट्रिय सूचना दिवस मनाईएको हो । आज बिहान खलंगा टुडिखेल बाट शुरु भएको ¥याली बसपार्क परिक्रम गर्दै जिबिस हलमा गएर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको अध्यक्ष्ता एवम् निमित्त स्थानिय बिकास अधिकारी शुरेस अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय सूचना दिवसका अबशरमा आयोजित अन्तरक्रिया कार्यक्रमको दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता