2026-10-03 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल

मंसिर १४, खोटाङ, न्युज कारखाना | खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दैआएकालाई लक्षित गरी वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो । 

१३ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताए । महिलाको सुविधाका लागि वडा कार्यालयले विभिन्न टोलमा १९ वटा कुटानी पिसानी मिल उपलव्ध गराएको छ । 

ढिकी जाँतो विस्थापनका लागि वडा कार्यालयले विनियोजन सोमबार घुर्चु, डाँडागाउँ, गैरीटोल, बरबोट, करमबोट र राउत टोलका आमा समूहलाई ६ वटा कुटानी पिसानी मिल वितरण गरेकाे छ । आमा समूहलाई प्रति समूह ४९ हजार पर्ने विद्युतीय कुटानी पिसानी मिल प्रदान गरिएको वडाध्यक्ष राउतले बताए ।वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा चार वटा, आर्थिक वर्ष २०७५/०७६ मा नाै वटा र चालु आर्थिक वर्ष ६ वटा मिल बाँडेकाे हो । ढिकीजाँतोमा अन्न पिस्न समय लाग्ने र श्रम पनि बढी खर्च हुने भएकाले मिल वितरण गरिएको हो ।  टोलका एक स्थानीयमार्फत मिल सञ्चालनको व्यवस्था मिलाइएको छ ।

एउटा मिलले टोलका १५/२० घर स्थानीय लाभान्वित भएका छन् । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानी पिसानी मिल उपलव्ध गराइने वडाध्यक्ष राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने