भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  
2026-07-04 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी: प्रअ

2016-08-20

भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  

सूचना माग्नेले पनि कुन प्रायोजनको लागि मागेको भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सूचना दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नीतिमा समस्या हुँदा समस्या आएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुका उपाध्यक्ष गिरिजा अधिकारीले सूचना हक कार्यन्वयन नगर्ने सरकारी निकायको मनसाय हो भने सरकारले लगाएको ऐन किन मान्ने भन्ने प्रश्न उठने अवस्था आउन सक्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले नेपालको कानुन उत्कृष्ट रहेको भएपनि कार्यन्वयनको पक्ष कमजोर हुँदा समस्या भएको बताउनु भयो । । सूचनाको हक सम्वन्धि कानुन निकै उत्कृष्ट भएको भएपनि कार्यन्वयन पक्ष सचेत तथा जिम्मेवार हुन नसक्दा समस्या रहेको बताउनु भयो ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालयको गतिविधिहरु सामेल गरिएको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहा, नागरिक अभियानका संयोजक कुमार अधिकारी, हेटौँडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय लगाएतले मन्तब्य व्यक्त गरेका थिए । 

कार्यक्रम संचार केन्द्र हेटौँडाका प्रमुख दिलिप श्रेष्ठको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन