भदौ ४, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेकोछ । 

संघका अध्यक्ष रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेकोछ । 

संघका अध्यक्ष रा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

महोत्सव सार्न मकवानपुर उद्योग वाणिज्य संघ आग्रह

४ भाद्र २०७३, शनिबार ०२:३९

भदौ ४, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेकोछ । 

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा शुक्रबार संघको सभा हलमा विभिन्न वस्तुगत संघका प्रमुख तथा प्रतिनिधिहरुका वीच भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा वस्तुगत संघले चाडवाडको समयमा सन्तोषजनक व्यापार हुने तर व्यापार व्यवसाय हुने समयमा नै महोत्सव आयोजना गरिन लागेकोले यसबाट प्रत्यक्ष रुपमा स्थानीय व्यवसायीलाई नै प्रत्यक्ष असर पुग्ने भएकोले महोत्सवको समय तालिकालाई दशै तिहार पछि राख्न मउवासंघ मार्फत आग्रह गरेका थिए । 

छलफल कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले व्यवसायीको तर्फबाट आएको मागलाई संघले गम्भीर रुपले लिएको बताउनुभयो । अध्यक्ष न्यौपानेले आफू व्यवसायीकै हकहितका लागि नेतृत्वमा आएकोले व्यवसायी संघहरुको धारणालाई सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

वस्तुगत संघ पछि यसै विषयमा छलफलका लागि अध्यक्ष न्यौपानेले तत्काल आज नै संघको कार्य समितिको समेत बैठक डाक्नुभएको थियो । छलफलमा कार्य समितिका सदस्यहरुले व्यवसायीहरुको मागलाई संघले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

सबैको एकै किसिमको धारणा पश्चात आयोजक उद्योग संघलाई महोत्सव समय तालिकामा पुनर्विचारका लागि मकवानपुर उद्योग वाणिज्य संघले आज पत्राचार समेत गरेकोछ । कार्यक्रममा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

विभिन्न सञ्चार माध्यमबाट चाडवाड अघि गरिन लागेको महोत्सवले व्यवसायीहरुलाई असर पुग्ने कुरा व्यक्त गरेपछि मउवासंघले छलफल आयोजना गरेको थियो । छलफलमा मकवानपुरे व्यवसायी महोत्सवको विरोधि नरहेको तर समयानुकुल मात्रै नभएको कुरा बताएका थिए । 

दशैं तिहार पछि महोत्सव आयोजना गरेमा आफूहरुको पूर्ण समर्थन, सहयोग र महोत्सवमा सहभागिता समेत हुने धारणा व्यक्त गरेको हेटौडाबाट हाम्रा सहकर्मी रुपक कालिराजले खबर पठाउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…