भदौ ४, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेकोछ । 

संघका अध्यक्ष रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेकोछ । 

संघका अध्यक्ष रा"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

महोत्सव सार्न मकवानपुर उद्योग वाणिज्य संघ आग्रह

२०७३, ४ भाद्र शनिबार ०२:३९

भदौ ४, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरको आयोजनामा भाद्र २९ बाट आश्विन ९ गते सम्म हुन गई रहेको औद्योगिक प्रदर्शनी तथा दशैं महोत्सवलाई दशैं तिहार पछि मात्रै सो महोत्सव गर्न आग्रह गरेकोछ । 

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा शुक्रबार संघको सभा हलमा विभिन्न वस्तुगत संघका प्रमुख तथा प्रतिनिधिहरुका वीच भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा वस्तुगत संघले चाडवाडको समयमा सन्तोषजनक व्यापार हुने तर व्यापार व्यवसाय हुने समयमा नै महोत्सव आयोजना गरिन लागेकोले यसबाट प्रत्यक्ष रुपमा स्थानीय व्यवसायीलाई नै प्रत्यक्ष असर पुग्ने भएकोले महोत्सवको समय तालिकालाई दशै तिहार पछि राख्न मउवासंघ मार्फत आग्रह गरेका थिए । 

छलफल कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले व्यवसायीको तर्फबाट आएको मागलाई संघले गम्भीर रुपले लिएको बताउनुभयो । अध्यक्ष न्यौपानेले आफू व्यवसायीकै हकहितका लागि नेतृत्वमा आएकोले व्यवसायी संघहरुको धारणालाई सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

वस्तुगत संघ पछि यसै विषयमा छलफलका लागि अध्यक्ष न्यौपानेले तत्काल आज नै संघको कार्य समितिको समेत बैठक डाक्नुभएको थियो । छलफलमा कार्य समितिका सदस्यहरुले व्यवसायीहरुको मागलाई संघले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

सबैको एकै किसिमको धारणा पश्चात आयोजक उद्योग संघलाई महोत्सव समय तालिकामा पुनर्विचारका लागि मकवानपुर उद्योग वाणिज्य संघले आज पत्राचार समेत गरेकोछ । कार्यक्रममा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

विभिन्न सञ्चार माध्यमबाट चाडवाड अघि गरिन लागेको महोत्सवले व्यवसायीहरुलाई असर पुग्ने कुरा व्यक्त गरेपछि मउवासंघले छलफल आयोजना गरेको थियो । छलफलमा मकवानपुरे व्यवसायी महोत्सवको विरोधि नरहेको तर समयानुकुल मात्रै नभएको कुरा बताएका थिए । 

दशैं तिहार पछि महोत्सव आयोजना गरेमा आफूहरुको पूर्ण समर्थन, सहयोग र महोत्सवमा सहभागिता समेत हुने धारणा व्यक्त गरेको हेटौडाबाट हाम्रा सहकर्मी रुपक कालिराजले खबर पठाउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै