2026-09-08 10:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आगलागी पीडितलाई नगद र न्यानो कपडा सहयोग

मंसिर १५, मुगु | मुगु गमगढीका आगलागी पीडित परिवारलाई छायानाथ रारा नगरपालिकाले आर्थिक सहयाेग र लायन्स क्लब अफ रारा मुगुको आग्रहमा लायन्स क्लब अफ नेपालले न्यानो ओड्ने लुगा सहयोग गरेकाे छ । 

नगरपालिकाले छायानाथ रारा नगरपालिका-१ तल्लो बजारका आगलागी पीडित १९ परिवारलाई प्रतिपरिवार ४० हजार रुपैयाँ र भाडामा व्यवसाय गरेर बसेका २५ व्यवसायीलाई प्रति व्यवसायी २० हजारका दरले सहयाेग गरेकाे छ । यस्तै कोठा भाडामा बसेका परिवारलाई प्रति परिवार १० हजारका दरले सहयोग गरेकाे प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए । 

यस्तै, गत बर्ष भारतको उत्तराखण्ड चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउँ पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पनि नगरपालिकाले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग गरेको नगरपालिकाका खरिदार हिमबहादुर बढुवालले बताए । विभिन्न निकायबाट लत्ताकपडा, भाडाकुडा र खाद्यन्न सहयोग भए पनि आगलागी पीडित परिवारसँग नगद नहुँदा उनीहरूको दिनचर्या कठिन बनेकाले नगद सहयोग गरेको नगरप्रमुख हरिजंग शाहीले बताए । मंगलबार आगलागी पीडितलाई लायन्स क्लब अफ रारा मुगुले कम्बल र सिरक वितरण गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित