५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने

१५ मंसिर २०७८, बुधबार ११:५७

मंसिर १५, काठमाडौं | बाल साहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज र ‘रुम टु रिड’को आयोजनामा भएको कार्यशालामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता थियो । सहभागीले  नेपालमा बाल साहित्य प्रवर्द्धनका  लागि पञ्चवर्षीय योजनाको खाका निर्माण गरेका थिए । कार्यशालामा आआफ्नो क्षेत्रमा विज्ञ सात विधामा विभाजित समूहले कार्यपत्र प्रस्तुत गरेको थियो ।

बालसाहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशील क्षमताको विकास, बालपुस्तकको उपलब्धता,व्यवस्थापन र प्रयोग, बालसाहित्य र पाठ्यपुस्तकबीचको समन्वय, बालपुस्तकको वितरण बजार, स्थानीय स्तरमा बालसाहित्यको प्रयोग र स्थानीय निकायकाे भूमिका, बालसाहित्य सिर्जना र सञ्चार माध्यममा बालसाहित्य गरी सात समूहमा विभाजित समूह विषेशज्ञले आवश्यक योजनाको खाका तयार पारेका थिए । 

नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा बालबालिकाका लागि आवश्यक रुचिकर विधा नै ओझेलमा परिरहेको सन्दर्भमा बाल साहित्यको विधालाई स्थापित गर्न र बालबालिकालाई पढ्ने बानीको विकास गर्न यो कार्यशाला उपयोगी रहेको प्रा.डा. चुडामणि बन्धुले बताए । 

कार्यशाला गोष्ठीबाट तयार भएको पञ्चवर्षीय योजनाको खाकालाई चाँडै अन्तिम रूप दिएर सरकारलाई बुझाइने नेपाल बालसाहित्य समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता