५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवल-नारायणगढ सडक निर्माण कछुवा गतिमा : तीन वर्षमा ११ प्रतिशत प्रगति, दुई वर्ष म्याद थप गर्न माग

१७ मंसिर २०७८, शुक्रबार ०६:३०

मंसिर १७, बुटवल, न्युज कारखाना | निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ । १७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । 

निर्माण सुरू भएपछि अनेकौं समस्या झल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आयोजनासँग माग गरेको छ । आयोजनालाई पठाएको निवेदनमा निर्माण कम्पनीले सडक निर्माण सुरू भएपछि कोरोना कहर निम्तिएको, लगातारको वर्षातले गर्दा साईट क्लियरमा ढिलाई भएको, कामको लोड पनि थपिएको र जसले गर्दा निर्माण कार्य प्रभावित भएको उल्लेख गरेको छ । सडक आयोजनासँग निर्माण कम्पनीय दुईवर्ष म्याद थप गर्न माग गर्दै पत्र पठाएको हो ।

सडक निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ भने दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए । ‘कोभिडका कारण सुस्त भएको काम केही समययता भने नियमित भैरहेको छ’, उनले भने । इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् ।

२०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २२ साउन २०८० सम्म निर्माण सक्नुपर्ने उल्लेख छ । तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको इन्जिनियर शाक्यले बताए । म्याद थपको माग निर्माण कम्पनीले गरेपछि आयोजनाले सडकको अवस्थाबारे बुझ्न विज्ञहरूको टोली खटाएको छ । 

कोरोना कहरका कारण निम्तिएको लकडाउन र त्यसअघि रुख कटानको स्वीकृती र विद्युतका पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । तर, अहिले भने यी सबै काम नियमित रुपमा अगाडि बढेको इन्जिनियर शाक्यले बताए ।

विद्युत प्राधिकरणले पोल नसारिदिएपछि निर्माण कम्पनी आफैले पोल सारिरहेको छ । दाउन्ने लगायतका केही स्थानमा रुख कटानको काम पनि भइरहेको छ । सडक आयोजना खण्ड 'क' का प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी रहेको बताए । ‘तर अहिलेसम्मको प्रगति भने सन्तोषजनक छैन’, उनले भने । 

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरू भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले ८ चैत २०७५ बुटवलको राजमार्ग चौराहामा सडक बिस्तारको शिलान्यास गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता