प्रभत सुवेदी/भदौ ४, बर्दिया । जिल्ला सदरमुकाम गुलरियादेखि ४ किलोमिटर पूर्वमा पर्ने सरयू नदी (भादा) को तटमा रहेको मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पहल तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभत सुवेदी/भदौ ४, बर्दिया । जिल्ला सदरमुकाम गुलरियादेखि ४ किलोमिटर पूर्वमा पर्ने सरयू नदी (भादा) को तटमा रहेको मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पहल तथा "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गुलरियामा पितृ मोक्ष महायज्ञ आयोजना गरिने

४ भाद्र २०७३, शनिबार १६:०८

प्रभत सुवेदी/भदौ ४, बर्दिया । जिल्ला सदरमुकाम गुलरियादेखि ४ किलोमिटर पूर्वमा पर्ने सरयू नदी (भादा) को तटमा रहेको मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पहल तथा अन्तर्राष्ट्रिय भक्तियोग फाउण्डेसनको सहकार्यमा पितृपक्ष पारेर असोज १ गतेदेखि १६ गतेसम्म (सोह्र श्राद्धमा) पितृ मोक्ष महायज्ञको आयोजना गरिने भएको छ ।
महायज्ञलाई व्यवस्थित रुपमा सञ्चालन गरी सफल पार्नका लागि अयोध्या प्रसाद श्रीवास्तवको अध्यक्षतामा मूल समारोह समिति गठन गएिको छ भने आजै विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।
विगत लामो समयदेखि नै यस क्षेत्रकै पवित्र तीर्थस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापित मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिले हाल महादेवको मन्दिर, लक्ष्मीनारायण मन्दिर, वृद्धाश्रम लगायतका भौतिक संरचनाहरु निर्माण गर्नुका साथै शवदाह स्थल र यसको व्यवस्थापन गर्दै आइरहेको छ ।
महायज्ञको माध्यमबाट यस स्थललाई पवित्र तीर्थस्थलको रुपमा परिचित गराउँदै यसको महिमाको बारेमा प्रचारप्रसार गरिने र स्तरोन्नती गरिने महायज्ञ मूल समारोह समितिका अध्यक्ष अयोध्याप्रसाद श्रीवास्तवले बताउनुभयो ।
साथै उहाँले हामी धर्म कर्मका लागि भारतका विभिन्न स्थलहरुमा गएर हजारौँ खर्च गर्न सक्दछौँ भने यहीँबाट बहने पवित्र सरयूको तटम बसेर आनन्दित भई भागवत ज्ञान श्रवण गरी हामी र हाम्रो परिवारलाइ संस्कारित बनाउने कार्यमा जुट्नका लागि सम्पूर्ण बर्दियाबासी भक्तजनहरुमा आह्वान गर्नुभयो ।
 साथै समाजसेवी प्रवुद्ध व्यक्तित्व खेमराज गौतमले यस कार्यमा सबैको सहभागिता र सहयोगको अपेक्षा गर्दै आ–आफ्नो तर्फबाट सकेको योगदान गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, जेष्ठ नागरिक समाजका अध्यक्ष टुकराज घिमिरे लगायतले आ–आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।
गुलरियाको शान्तिटोलस्थित वेदव्यास बाटिकाको परिसरमा आयोजित आजको कार्यक्रममा जिल्लाका कालिका, सानोश्रीताराताल, ढोढरी, भुरीगाउँ लगायतका स्थानहरुबाट विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…