सम्राट सिंह/भदौ ५, बझाङ । स्वर्गिय बुवाको पुण्यतिथीको अवसर पारेर जिल्ला अस्पताल बझाङलाई फर्निचर बितरण गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ५, बझाङ । स्वर्गिय बुवाको पुण्यतिथीको अवसर पारेर जिल्ला अस्पताल बझाङलाई फर्निचर बितरण गरेको छ । 
२०८२, २ चैत्र सोमबार
बझाङ्ग - BJN

बझाङ अस्पताललाई फर्निचर बितरण

२०७३, ५ भाद्र आईतवार १३:०७

सम्राट सिंह/भदौ ५, बझाङ । स्वर्गिय बुवाको पुण्यतिथीको अवसर पारेर जिल्ला अस्पताल बझाङलाई फर्निचर बितरण गरेको छ । 

२०५२ साल भाद्र ५ गते स्वर्गारोहण भएका फाउरे खडकाको पुण्यतिथीको अवसर पारेर छोराहरु इन्द्र खडका,नगेन्द्र खडका र पूर्ण बहादुर खडकाले जिल्ला अस्पताल बझाङलाई फर्निचर बितरण गरेको हो । 

आइतबार जिल्ला अस्पताल बझाङमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ६ वटा फलामे बेञ्च स्थानिय विकास अधिकारी प्रेमराज गिरी मार्फत जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरेको छ ।

फर्निचर सँगै जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल पनि वितरण गरेको थियो ।

फर्निचर हस्तान्तरण कार्यक्रममा सहभागी भएका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बुवाको सम्झनामा छोराहरुले जिल्ला अस्पतालका बिरामी बस्ने फलामे बेञ्च उपलब्ध गरी समाजसेवी काम गरेकोमा धन्यवाद व्यक्त गरे । स्वर्गिय खडका समाजसेवी तथा पूर्व गाविस अध्यक्ष हुन ।

उपचारका लागि अस्पताल आएका बिरामी तथा बिरामीका कुरुवालाई सजिलो होस भन्ने उद्येश्यले पुण्यतिथीको अवसर पारेर बेञ्चहरु बितरण गरेको स्वर्गिय फाउरे खडकाका छोरा नगेन्द्र खडकाले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर