२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

तीन करोडको लागतमा झोलुङ्गे पुल निर्माण सुरु

६ भाद्र २०७३, सोमबार ०३:३३

भदौ ६, म्याग्दी । म्याग्दीको बेगखोलामा रु तीन करोडभन्दा बढीको लागतमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

जिल्ला विकास समितिमार्फत बेग ५ र ७ नम्बर वडाको सीमा क्षेत्रमा रहेको बेगखोला माथि रु तीन करोड २२ लाख नौ हजार ५५२ को लागतमा ३६५.८ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।

एक सय मिटरभन्दा बढी उचाइ रहने यो पुल निर्माण भएपछि म्याग्दीको कालीगण्डकी भेगका १० गाविसका तीन हजार ५०० घरधुरी लाभान्वित हुने स्थानीय विकास अधिकारी चिरञ्जस्वी पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एलएसटिबी प्रविधिको यो पुल २०७४ जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तीन घन्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिने उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताउनुभयो । बेग र बादुकका बासिन्दालाई आवतजावत गर्न भिर, जङ्गल र खोल्साखाल्सी भएको बाटोमा तीन घन्टा पैदल हिँड्नुपर्ने समस्या रहेको छ ।

पुल निर्माणपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुनुका साथै बेगखोला पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…