२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा विद्युतीय राहदानी सुरु

२०७८, ७ पुष बुधबार १६:२१

पुस ७, चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको छ । कार्यालयले अनलाइनमार्फत फाराम भरेर राहदानी लिन सकिने व्यवस्था गरेको हो ।

कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फाराम भर्नुपर्ने छ । मोबाइल वा कम्प्युटरमा बसेर जहाँबाट पनि फाराम भर्न सकिने उहाँको भनाइ छ । पौडेलका अनुसार अनलाइनमा सम्पूर्ण विवरण भरिसकेपछि फोटो खिच्न भने कार्यालयमा जानुपर्ने छ । जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले आज मात्रै १४ जनाको फाराम भरेको जानकारी दिनुभयो । शुक्रबारसम्म दैनिक २० जनासम्मको फाराम भर्न सकिने छ भने आइतबारबाट यो सङ्ख्या बढाउन सकिने उहाँको भनाइ छ । फाराम भरेको दुई सातापछि विद्युतीय राहदानी आइपुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस