सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् । 
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

देउखुरीको गढवामा गोली हानी दुई जनाको हत्या

६ भाद्र २०७३, सोमबार १०:११

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् । 

गढवा ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार गोलिलागि गम्भिर घाईते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा वाटोमै मृत्यु भएको थियो भने अर्का घाईते राजु रोकाको उपचारका क्रममा सोमवार विहानै मृत्यु भएको हो । 

गएराति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका रोका द्धयलाई पुनले पुरानो रिसिवि साँध्न गोलि हानेको एसपी सिंहले बताए । एसपी सिंहले भने ‘ पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो , उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जव रोकाद्धय मोटरसाईकमा चढे लगतै उसले गोलि हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोलि लागेको पाईएको छ ।’

एसपी सिंहले पुन र रोकाद्धयका विचमा पहिले देखि नै मनमुटाव रहेको र उसले रिसिवि साँध्न योजनावद्ध तरिकाले आक्रमण गरेको बताए । साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्धय मोटरसाईकलमा चढ्ने वित्तिकै गोलि हानेको खुल्न आएको प्रहरीले बताएको छ । 

मृतक राजु रोकाको शव अहिले प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टमका लागि राखिएको छ । गोलि हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ । पुन भागेर कतै जान नपाउन भनेर सबैनाका सिल गरिएको पनि एसपी सिंहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…