२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको सङ्ख्या बढ्दो

२०७८, १० पुष शनिबार १०:००

पुस १०, फुङ्लिङ | माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि आज करिब तीन महिना भएको छ । तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न हेलिकप्टर आउन थालेका हुन् ।

धरानको भेडेटारबाट दसैँको समययता ७० उडान भएका छन् । सो उडान हुँदा ४५० भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउनुभयो । सदरमुकाम फुङ्लिङ, पाँचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । 

धरानबाट रु ३२ हजारमा एक यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका मार्केटिङ म्यानेजर श्रेष्ठ बताउनुहुन्छ । यस वर्ष हेलिकप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको जनाइएको छ । यात्रुका हिसाबले एक पटकमा पाँच जना बोक्ने हेलिकप्टरले धरानबाट एउटा उडानमा रु एक लाख ६० हजार आम्दानी गर्ने गरेका छन् । 

फुङ्लिङबाट रु १० हजार, पाँचथरको फिदिमबाट रु २२ र इलामको कन्यामबाट रु ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बुले बताउनुभयो । काठमाडौँबाट सिधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले जानकारी दिनुभयो । हेलिकप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको समितिले जनाएको छ । “हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ”, काफ्लेले भन्नुभयो । 

दसैँको नौरथ सुरु भएको असोज २१ देखि मङ्सिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क पाथीभरा क्षेत्र विकास समितिसँग छ ।

पाथीभरामा तीर्थयात्रीले चढाएको रु आठ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८ को असार मसान्तसम्म रु तीन करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति)सँग रु तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल रु आठ करोड भेटी मौज्दात रहेको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण