२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा !

१४ पुष २०७८, बुधबार ०५:०१

कमल बिक्रम जिसी,पुस  १४, काठमाडौँ | काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो।

दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ। बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ। दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ।

आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात शुरु भएको छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि आज बिहानैबाट वर्षा भइरहेको छ। उपत्यकाका अग्ला पहाडहरु फूल्चोकी र चन्द्रागिरीमा हिमपात भएको छ।

वर्षा र हिमपातले देशैभर तापक्रम ह्वात्तै घटेको छ भने जाडो बढ्दा जनजीवन कष्टकर बनेको छ । वर्षाका कारण हवाई यातायात पनि प्रभावित भएको छ । मौसमविद्हरुले उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पर्वतारोहणमा गएकाहरुले सतर्क बन्नुपर्ने सुझाव दिइएको छ।

कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रमा गएरातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का