नरी बडु | भदौ ७, बैतडी | नेपाल सरकारले ८ वर्ष अगाडी अर्थात ०६५ भाद्र २१ गते मालिकको दास बनेर बसेका हलियाहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | भदौ ७, बैतडी | नेपाल सरकारले ८ वर्ष अगाडी अर्थात ०६५ भाद्र २१ गते मालिकको दास बनेर बसेका हलियाहरु"/>
२८ पुष २०८२, सोमबार
बैतडी - BTD

८ वर्ष अगाडी मुक्त गरीएका हलिया अझै परिचयपत्र पाउनबाट बन्चित

७ भाद्र २०७३, मंगलवार ०५:२८

नरी बडु | भदौ ७, बैतडी | नेपाल सरकारले ८ वर्ष अगाडी अर्थात ०६५ भाद्र २१ गते मालिकको दास बनेर बसेका हलियाहरुलाई मुक्तको घोषणा गरेपनि अधिकासं हलियाहरुले अझै हलिया परिचयपत्र पाएका छैनन् ।

गाँउगाँउमा गएर उकिन तथ्याङ्क संकलन नगरिदा सुदूरपश्चिमका मुक्त हलियाहरु परिचयपत्र पाउनबाट बन्चित भएका हुन् ।

सुदूर र मध्य पश्चिमका १२ वटा जिल्लाहरुमा जम्मा १९ हजार ६९ मुक्त हलियाहरु छन् । तिनिहरुमध्ये अहिलेसम्म ११ हजार ९ सय ७२ जनाले माक्त हलिया परिचयपत्र पाएका छन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार ७ हजार ९५ जनाले हलिया परिचयपत्र नपाएको देखिएपनि अझै गाँउमा थुप्रै हलियाहरुको एकिन तथ्याङ्क आउन सकेको छैन् ।

२०७० सालमा मुक्त हलिया पुर्नस्थापन सम्बन्धि ३ वर्षे रणनिति र गठन आदेश जारी, केन्द्र र जिल्लामा पुर्नस्थापन समितिहरु गठन लगायत पुर्नस्थापन कार्यको सुरु हुदाँ समेत अझै अधिकासं हलियाहरुले आफु हलिया भएको प्रमाणपत्र नपाएको गुनासो गरेका छन् ।

“आफुसंगैका हलियाहरुले परिचयपत्र पाए, आफुले ३ पटक हलिया महासंघ, जिल्ला मालपोत र नगरपालिका लगायतका निकायमा निवेदन दिसक्दा समेत पाएको छैन्” बैतडीको दशरथचन्द नगरपालिका १ बाल्लेकका पार्वती भुलले भने ।

बैतडीमा मात्रै ४ सय ५९ जनाले परिचयपत्र पाएका छैनन् । नेपाल सरकारले मुक्तको घोषण गरेपनि पुर्नस्थापना नगर्दा आफुहरुले फेरी मालिकको सरण पर्न बाध्य हुने अवस्था आउने जिल्लाको दुुर्गाभवानी गाविस ४ का मुक्त हलिया देवराम वडको भनाई छ ।

सुदूर तथा मध्य पश्चिमका अधिकासं ठाँउहरुमा रहेका मुक्त हलियाहरुले अझै हलिया मुक्तको परिचयपत्र पाउन नसकेकाले याथार्त तथ्याङ्क संकलनका लागि पहल गरीरहेको हलिया महासंघका केन्द्रिय अध्यक्ष राजुराम भुलले बताए ।

भुलका अनुसार सुदूरपश्चिमका ९ वटै जिल्ला र मध्य मश्चिमका जाजरकोट, सुर्खेत र हुम्ला लगायतका जिल्लामा अझै अधिकासं मुक्त हलियाहरुले परिचयपत्र पाएका छैनन्  भने धेरैजसो हलियाहरुको तथ्याङ्क समेत संकलन गर्न सकिएको छैन् । २०६५ साल भन्दा अगाडी हलियाहरुले मालिकको घरमा हलो जोत्ने, खेतबारी खन्ने लगायतका विभिन्न कामहरु गर्ने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…