२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रेस चौतारी खोटाङका अध्यक्षमा राई

२५ पुष २०७८, आईतवार ०१:२९

पुस २५, खोटाङ | प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ । समितिको सदस्यमा मनोज आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जिवी रिजाल, रोशन राई र उमेश भुजेज रहनुभएको छ । पाँच सदस्यीय सल्लाहकार समितिमा दमन राई, हरिवोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई रहनुभएको छ । प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित सचिव रिजालले जानकारी दिनुभयो । 

अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भए पनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले पत्रकारले राजनीतिक आस्थाका आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो