पुस २५, काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामक"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काजु र मधेसी बदाम आयात

२०७८, २५ पुष आईतवार ०९:०६

पुस २५, काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन । उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ काजु र मधेसी बदामलाई सुख्खा फलपूलका रुपमा खाने गरेको पाइन्छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोत भन्छ, “धान, मकै र गहुँको उत्पादन नै पुर्याउन नसकिएका बेला कता काजु र मधेसी बदामको उत्पादनमा चासो देखाउने ।” मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ । संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल आयात भएको देखिन्छ । 

अंग्रेजीमा मधेसी बदामलाई ‘आलमण्ड’ भनिन्छ । नेपालीले आलमण्डलाई मधेशी बदाम र हाडे बदामको नामले चिन्दछन् । मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यो आरु, आरुपखडा, खुर्पानीजस्ता प्रजातिको रुखमा पर्दछ । कृषि विभागका अनुसार नेपालमा मधेसी बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन । खेर गइरहेको सुख्खा जमिन जहाँ आरु र आरुपखडाको खेती हुन्छ त्यहाँ मधेसी बदामको पनि सजिलै खेती गर्न सकिन्छ । त्यसैगरी काजु पनि तराईको उष्ण प्रदेशीय क्षेत्र जस्तै धनुषा, सिरहा, सप्तरीलगायत अन्य केही जिल्लामा खेती गर्न सकिने सम्भावना छ ।

नेपाली बजारमा काजु प्रतिकेजी रु दुई हजार दुई सयदेखि रु दुई हजार पाँच सयसम्म र मधेसी बदाम रु दुईहजार आठसयदेखि रु तीन हजार सम्ममा खरिद गर्न सकिन्छ । जनताको क्रयशक्तिमा केही वृद्धि भएकाले काजु र मधेसी बदामको आयात वढेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हुन् ।भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक मसान्तसम्म) को तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्ष गरी व्यापारीले काजु छ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा  मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट  चालू आर्थिक वर्षको चार महिनामा रु ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ ।  त्यहाँबाट सोही अवधिमा रु १४ करोड ५३लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ ।

धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि रु सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै  नाइजेरीयाबाट रु तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट रु नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट रु ५५करोड ७६ लाख २९ हजारमा नौ लाख नौ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट रु १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट रु तीन लाख २४ हजारमा ५०४ केजी मधेसी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट रु १८ करोड १५ लाख चालिस हजार र बदामबाट रु १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।नेपालमा काजु र मधेसी बदाम भइ मसलाको रूपमा तिहार, अन्य चाडपर्व, विवाहलगायत शुभकार्यमा प्रयोग  हुनाका साथै सुख्खा फलपूmलका रुपमा उपभोग गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा