पुस २५, काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामक"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काजु र मधेसी बदाम आयात

२५ पुष २०७८, आईतवार ०९:०६

पुस २५, काठमाडौँ । सोधपुछ  गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको  पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन । उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ काजु र मधेसी बदामलाई सुख्खा फलपूलका रुपमा खाने गरेको पाइन्छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोत भन्छ, “धान, मकै र गहुँको उत्पादन नै पुर्याउन नसकिएका बेला कता काजु र मधेसी बदामको उत्पादनमा चासो देखाउने ।” मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ । संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल आयात भएको देखिन्छ । 

अंग्रेजीमा मधेसी बदामलाई ‘आलमण्ड’ भनिन्छ । नेपालीले आलमण्डलाई मधेशी बदाम र हाडे बदामको नामले चिन्दछन् । मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यो आरु, आरुपखडा, खुर्पानीजस्ता प्रजातिको रुखमा पर्दछ । कृषि विभागका अनुसार नेपालमा मधेसी बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन । खेर गइरहेको सुख्खा जमिन जहाँ आरु र आरुपखडाको खेती हुन्छ त्यहाँ मधेसी बदामको पनि सजिलै खेती गर्न सकिन्छ । त्यसैगरी काजु पनि तराईको उष्ण प्रदेशीय क्षेत्र जस्तै धनुषा, सिरहा, सप्तरीलगायत अन्य केही जिल्लामा खेती गर्न सकिने सम्भावना छ ।

नेपाली बजारमा काजु प्रतिकेजी रु दुई हजार दुई सयदेखि रु दुई हजार पाँच सयसम्म र मधेसी बदाम रु दुईहजार आठसयदेखि रु तीन हजार सम्ममा खरिद गर्न सकिन्छ । जनताको क्रयशक्तिमा केही वृद्धि भएकाले काजु र मधेसी बदामको आयात वढेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हुन् ।भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक मसान्तसम्म) को तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्ष गरी व्यापारीले काजु छ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा  मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट  चालू आर्थिक वर्षको चार महिनामा रु ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ ।  त्यहाँबाट सोही अवधिमा रु १४ करोड ५३लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ ।

धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि रु सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै  नाइजेरीयाबाट रु तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट रु नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट रु ५५करोड ७६ लाख २९ हजारमा नौ लाख नौ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट रु १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट रु तीन लाख २४ हजारमा ५०४ केजी मधेसी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट रु १८ करोड १५ लाख चालिस हजार र बदामबाट रु १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।नेपालमा काजु र मधेसी बदाम भइ मसलाको रूपमा तिहार, अन्य चाडपर्व, विवाहलगायत शुभकार्यमा प्रयोग  हुनाका साथै सुख्खा फलपूmलका रुपमा उपभोग गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य