भदौ ८, ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । 
2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै

भदौ ८, ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवारस्थित कृष्ण मन्दिरमा भोलि श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । 

भाद्र कृष्णाष्टमीमा भगवान श्रीकृष्णको जन्म भएको सम्झेर प्रत्येक वर्ष उक्त तिथिमा यो पर्व मनाउने गरिएको मन्दिरका पूजारी प्रतापधर शर्मा बताउनुहुन्छ । 

उक्त दिन मन्दिरमा पूजाअर्चना गर्न आउनेको घुइँचो लाग्नुका साथै राष्ट्रप्रमुखबाट पनि पूजा गर्ने प्रचलनले मन्दिरको गरिमा बढाएको उहाँको धारणा छ । 

दैनिक पूजा हुने यस मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा स्थानीयवासी तथा राजधानीका विभिन्न स्थानबाट भक्तजनको उल्लेखनीय सहभागी हुने पूजारी शर्मा उल्लेख गर्नुुहुन्छ । 

मल्लकालीन राजा सिद्धीनरसिंह मल्लले १७ औं शताब्दीमा सो मन्दिर निर्माण गर्न लगाएको अभिलेखमा उल्लेख छ । 

राजा सिद्धीनरसिंहले मन्दिर रहेको स्थानमा श्रीकृष्ण भगवान बिराजमान भएको सपना देखेपछि मन्दिरको स्थापना गरिएको जनविश्वास छ । शिखर शैलीको सो मन्दिर ढुङ्गैढुङ्गाले निर्माण गरिएको छ । 

आकर्षक रुपमा सजिएको चारतले सो मन्दिरमा २१ वटा गजुर छन् । मन्दिरको पहिलो तलामा छ, दोस्रोमा छ, तेस्रोमा चार, चाँैथोमा चार र मन्दिरको टुप्पोमा एउटा गजुर राखिएको देख्न सकिन्छ । मन्दिरको बिम र थाममा विभिन्न देवीदेवताका मूर्ति कुँदिएका छन् । 

हरेक तलामा महाभारत र रामायणको कथामा आधारित चित्र अङ्कित छन् । चित्रसँगै त्यससँग सम्बन्धित अभिलेख समेत यहाँ पढन सकिन्छ । 

राजा सिद्धीनरसिंहले मन्दिर निर्माण गर्ने ढुङ्गेकर्मी तथा कालीगढलाई पाटनको भिमन्छेंमा राखेर काम गराएको अभिलेखमा उल्लेख छ । 

मन्दिरको उतरतर्फ विश्वनाथको मन्दिर, मन्दिरको पूर्वतर्फ पाटन दरबार तथा दक्षिणी भेगमा चार नारायणको मन्दिर छ । 

मन्दिरको पश्चिमतर्फ कलात्मकरुपले बनेका घरसमेत रहेकाले अवलोकनका लागि आन्तरिक एवम् बाह्य पर्यटकको उल्लेखनीय सहभागी रहँदै आएको छ । 

उक्त मन्दिरको प्रारङ्गणमा ज्येष्ठ पूर्णिमाका दिन आयोजना गरिने प्रदर्शनमा मल्ल राजाको ‘सिंहासान’ र राजा सिद्धीनरसिंह मल्लले लेखेको भनिएका ‘कृष्ण लीलासम्बन्धी गीतसहितको पौवा’ चित्र देखाउने गरिएको पाटन सङ्ग्रालयका अधिकृत सुरेशमान लाखें बताउनुहुन्छ । 

श्रीकृष्णलाई नारायण, गोपाल, गौरिश्वर, वंशीधारी, योगेश्वरलगायतका नामले पनि पुज्ने गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो