नन्दराम जैशी/भदौ ८, जुम्ला । चोरीको घटनामा संलग्न जुम्लाका दुई जना युवा भरुवा बन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । 

जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट सामन तथा नगद रुपैया चोरी गर्ने दुई जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ ८, जुम्ला । चोरीको घटनामा संलग्न जुम्लाका दुई जना युवा भरुवा बन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । 

जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट सामन तथा नगद रुपैया चोरी गर्ने दुई जना"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चोरीमा संलग्न दुई युवा भरुवा बन्दुकसहित पक्राउ

२०७३, ८ भाद्र बुधबार १२:२२

नन्दराम जैशी/भदौ ८, जुम्ला । चोरीको घटनामा संलग्न जुम्लाका दुई जना युवा भरुवा बन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । 

जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट सामन तथा नगद रुपैया चोरी गर्ने दुई जनालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

प्रहरी नायव उपरिक्षक विष्णुहरि कोइरालाका अनुसार छुमचौर–७ का श्रीबहादुर वुढा र पातारासी– ३ वस्ने चन्द्र वीर ऐडी पक्राउ परेका छन् । उनीहरु भदौ १ गते भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।  

चोरीमा पाँच/सात जनाको समुह संलग्न भएकोमा दुई जनालाई पक्राउ गरिएको र बाँकी खोजी भइरहेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए । चोरीमा संलग्न श्रीबहादुरको घरबाट भरुवा बन्दुक बरामत गरिएको हो । 

हतियार धारी चारी गर्ने समुहले भदौ १ गते पृथ्वीबहादुर र कृष्णबहादुरको घरबाट ६ लाख ९४ हजार रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेका थिए । जुम्लामा हतियार धारी समुह भएको जानकारी पाए पछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । चोरी भइरहेको गाउँहरुमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अहिले चारी गर्ने समुह सक्रिय भइरहेको इलाकाहरुमा प्रहरीले छापा हान्नेदेखि नियमित गस्ती बढाइरहेको छ । यसअघि सदरमुकाम खलंगाको एयरपोर्टमा प्रहरी गस्तीलाई लक्षित गर्दै पेस्तोल पड्काउने एक जनालाई प्रहरीले पक्रेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस