२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

एक घण्टाको यात्रा २० मिनेटमा

२०७८, २ माघ आईतवार ०५:४३

माघ २, काठमाडौँ | म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताउनुभयो । 

“गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो,” उहाँले भन्नुभयो, “रिसिन चौतारीदेखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत हुन्छ ।” 

पैदल हिँडेर रिसिन चौतारीदेखि बैसरी पुग्न पनि करिब एक घण्टा नै लाग्दथ्यो । रघुगङ्गा गाउँपालिका र सङ्घीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २५ लाख बजेटबाट गत आर्थिक वर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतिपछि हालैदेखि यातायातका साधन चल्न थालेका छन् । 

उपभोक्ता समितिका सचिव राजन केसीले बैसरीमा करिब एक सय मिटर पहाड छिचोल्नेसहित दुई किलोमिटर सडक निर्माण भएको बताउनुभयो । रिसिनचौतारी, माझखर्क, ओखरबोटलगायत बस्तीका करिब चार सय घरधुरी यो सडकबाट लाभान्वित भएका उहाँले बताउनुभयो । काम विशेषले सदरमुकाम बेनी र गलेश्वर जानआउनका साथै कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ । रिसिनचौतारी र माझखर्क केरा खेतीको पकेट क्षेत्र हो । बिरामीलाई अस्पताल लैजान सजिलो भएको छ । 

यस सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिँचाइ, खानेपानीलगायत विकास आयोजनाका लागि भगवतीमा निर्माण सामग्री ढुवानी गर्नसमेत सुविधा पुगेको छ । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिम कटुवालले राजमार्गसँग जोडिने छोटो दूरीको यो सडकले रिसिनचौतारीसँगै भगवतीका बासिन्दाको आयआर्जन र समग्र विकासमा फाइदा पुगेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण