Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ माघ ०३ गते, अपराह्न ३:१७ बजे ललितपुर - LLT, समाज
ललितपुर - LLT

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ३, ललितपुर | नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।<br></p><p>पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।” सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।&nbsp;</p>