नन्दराम जैशी । भदौ ९, जुम्ला | जुम्ला तातोपानी गाविले गाविस सचिवको अनुपस्थितिमा बुधब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ ९, जुम्ला | जुम्ला तातोपानी गाविले गाविस सचिवको अनुपस्थितिमा बुधब"/>
२०८२, २६ चैत्र बिहीबार
जुम्ला - JML

सचिवको अनुपस्थितिमा गाविसको सार्वजनिक सुनुवाई सम्पन्न

२०७३, ९ भाद्र बिहीबार ०३:०९

नन्दराम जैशी । भदौ ९, जुम्ला | जुम्ला तातोपानी गाविले गाविस सचिवको अनुपस्थितिमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गुनासो सुन्ने अधिकारी सचिवको अनुपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएकोमा स्थानिय आक्रोसित भएका छन् । 

सचिवको अनुपस्थितमा गरिएको सार्वजनिक सुनुवाई विधि पुर्वक नभएको स्थानियले बताएका छन । सार्वजनिक सुनुवाई गाविस बासी र वडा नागरिक मञ्चलाइ जानकारी नगराइ संचालन गरीएको स्थानियले आरोप लगाएका छन । गाविस सचिव अंगराज  डागी ३५ दिने सेवाकालिन तालिमका लागि नेपालगंज रहनु भएकोले उहाको अनुपस्थीतमा सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको गाविसले जनाएको छ । स्थानिय स्वायत्त शासन ऐन २०५५ र नियामावली २०५६ अनुसार गाविसले आर्थिक वर्ष सकिएको पहिलो चौमासिकको अन्तिम सम्म सार्वजनिक सुनुवाई पर्नु पर्ने प्रावधान  छ ।  कात्तिक समान्त सम्म सार्वजनिक सुनुवाइ र वार्षिक समिक्षा गर्न मिल्ने भएपनि तातोपानी गाविसले हतार हतारमा सचिवको अनुपस्थितिमै सार्वजनिक सुनुवाई गरेको हो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा गाविसमा नियमित कर्मचारी नभेटिने, गाविसमा स्थापित कृषि, स्वास्थ्य र पशु सेवा केन्द्र प्रभावकारी नभएको लगायतका गुनासाहरु सहभागिहरुले व्यक्त गरेका थिए । भने सार्वजनिक सुनुवाई कार्यक्रममा आएको गुनासा माथि ब्यापक छलफल गरि आगामी दिनमा सुधारिएर जाने खरिदार मिन बहादुर डाँगीले प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा गाविसद्धारा संचालित योजनाहरुको बारेमा जानकारी दिदै उहाले गाविसलाई आएको जम्मा  अनुदान रकम ५० लाख, ९८ हजार २ सय ५० रुपैयामा  पुँजीगत तर्फ ४३ लाख २ हजार २ सय ५५ र सामाजिक सुरक्षा भर्ता ६२ लाख ६० लाख रकम खर्च भएको बताए । कर्णाली रोजगार कार्यक्रम अन्तरर्गत २५ लाख ४८ हजार रुपैया खर्च भएको उहाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण