माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर"/>
2026-10-02 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बुवालुङमा एकीकृत बस्ती निर्माण अधुरै

माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर्णता पाउन सकेको छैन । 

उपभोक्ताको लापरवाहीले दुवै एकीकृत बस्तीको काम सम्पन्न हुन सकेको छैन । खावाडाँडामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत २० परिवारका लागि बस्ती निर्माण थालिएको थियो । लाभग्राहीले पाउने पहिलो र दोस्रो किस्तावापतको रकम प्रतिपरिवार रु दुई लाख निकासा भए पनि घर बनाउने काम भने अधुरै रहेको पाइएको छ ।

पूर्वाधार विकासका लागि प्रतिपरिवार रु तीन लाखका दरले रकम लिए पनि काम अधुरै रहेको वडा सदस्य हरि चाम्लिङले बताउनुभयो । “निर्माणाधीन संरचना खण्डहर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “लाखौँ लगानी बालुवामा पानी हाले जस्तै हुने देखिन्छ ।” खावाडाँडामा बस्ती निर्माण गर्न रु ६० लाख बजेट निकासा भएको वडाध्यक्ष लीला चौहानले बताउनुभयो । 

यस्तै उवाबारीमा पनि एकीकृत बस्ती निर्माण अधुरै छ । त्यहाँ २५ परिवारको घर निर्माणाधीन अवस्थामा छ । कतिपयले  घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरेको पाइएको वडा सदस्य चाम्लिङले बताउनुभयो । “एकीकृत बस्ती भनेर अनकन्टार ठाउँमा संरचना निर्माण सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “निर्माण गरिए पनि प्रयोगमा आउने अवस्था छैन ।” बुवालुङमा सञ्चालित कतिपय योजनामा आर्थिक अनियमितता भएको स्थानीयवासीको आरोप छ ।  नगरपालिकामा पटक–पटक गुनासो गर्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ । बुवालुङस्थित मध्यपहाडी लोकमार्गबाट वडा कार्यालयसम्मको सडक निर्माण कार्य गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ । रु ८३ लाखको लागतमा निर्माणाधीन उक्त सडकमा सोलिङ र डन्डीबिनै ढलान गरिएको स्थानीय कृष्ण बुढाथोकीले बताउनुभयो ।

हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले २०७८ असोजमा नगरपालिकासँग सम्झौता गरेको थियो । लोकमार्ग निर्माणको जिम्मा ‘रमण गोल्डेन जुड जेबी’ले पाएको छ । सडक निर्माण गर्न बजेट  कम भएकाले रड र सोलिङबिना भइरहेको वडाध्यक्ष चौहानको भनाइ छ । यस्तै बुवालुङस्थित अन्नपूर्ण माविको सिँढी तथा पर्खाल निर्माणमा पनि आर्थिक अनियमितता भएको गुनोसो स्थानीयले गरेका छन् । सो कार्यका लागि रु २० लाख निकासा भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताउनुभयो । विष्णुमाया थापा अध्यक्ष रहेको उपभोक्ता समितिले सो कार्यका लागि नगरपालिकासँग सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने