माघ ५, वाग्मती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटाँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, वाग्मती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटाँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्"/>

२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

२०७८, ५ माघ बुधबार ०९:००

माघ ५, वाग्मती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटाँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने वताइएको छ । 

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 

अस्पताल प्रशासनले मकवानपुरमा कोरोना सङ्क्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु