पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ९, ललितपुर । ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ ।

श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताउनुभयो । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवान्को जन्म भएको दिनलाई सम्झेर यहाँ मेला लाग्ने गरेको उहाँको भनाइ छ ।

मन्दिरमा पूजाका लागि स्थानीयवासी चापागाउँ, सुनाकोठी, खोकना, बुङमती, थेचो, धापाखेल, गोदावरी तथा राजधानीका विभिन्न स्थानबाट भक्तजन आउने गरेको बताइएको छ ।

अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पूजा गरिने प्रचलन रहेकोले कृष्ण मन्दिरको गरिमा बढेको उहाँको धारणा छ । श्रीकृष्ण भगवान्लाई नारायण, गोपाल, गौरीश्वर, वंशीधारी, योगेश्वरलगायत अनेक नामले पुज्ने गरिन्छ । रासस