सञ्चिता घिमिरे/भदौ ९, ललितपुर । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । 

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्चिता घिमिरे/भदौ ९, ललितपुर । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । 

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुण"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा पचास वर्षपछि पुनः नापी सुरु

९ भाद्र २०७३, बिहीबार ०५:४८

सञ्चिता घिमिरे/भदौ ९, ललितपुर । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । 

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो । सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत परिवर्तन हुँदा फेरि नापी गर्नुपर्ने मान्यता छ । लामो समयसम्म पुनः नापी हुन नसक्दा जग्गाको कित्ता ५÷६ सय प्रतिशतसम्म परिवर्तन भइसकेको छ । 

ललितपुरका सैबु, चक्रपथ वरपरका स्थानमा पुनः नापी भइरहेको छ ।

इमाडोल, टिकाथली लगायतका स्थानमा भर्खरै मात्रै नापी सकिएको छ । विशेष गरेर जग्गाको स्वरुप धेरै परिवर्तन भइरहेका ठाउँमा पुनः नापी भइरहेको प्रमुख नापी अधिकृत बुद्धिमान जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “६० प्रतिशत परिवर्तन हुँदा नापी गर्ने गरिएपनि यी स्थानमा त्यो भन्दा कयौँ गुणा परिवर्तन भइसकेको छ ।” 

गत वर्ष नापी भएकामा यस वर्ष पनि त्यसले निरन्तरता पाउने जैसी बताउनुहुन्छ । वर्षाका समयमा नापी हुन नसकेकोमा अहिले त्यसले समेत निरन्तरता पाइरहेको छ । उहाँ भन्नुहुन्छ, “अभियानकै रुपमा अघि बढाउन नसकिए पनि हामीले निरन्तरता दिइरहेका छौँ ।” लामो समयपछि हुन लागेकाले पनि धेरै खालका कठिनाइ रहेका छन् । नापी आफैँमा जटिल काम भएको उहाँ बताउनुहुन्छ । 

सानो क्षेत्रफल जग्गाको समेत मूल्य चर्को हुँदा कतिपय जग्गाधनीले चासो बढी देखाउने गरेका छन् । उहाँ भन्नुहुन्छ, “बाटो अलिकति पर हुँदा पनि आफ्नो ठूलो मूल्यको जग्गा बच्ने सोच्छन् ।” 

समय र जग्गाको भाउका कारणले जग्गाधनीको चासो बढेको हो । कतिपय जग्गाधनीले भने नाप–नक्सा हुँदासमेत उपस्थित नहुने गर्छन् । जग्गाधनी उपस्थित हुँदा फिल्डमा नै विवाद टुङ्गिने भएपनि नहुँदा लम्बिने गर्छ । उहाँ भन्नुहुन्छ, “कतिपय जग्गाधनीले पुर्जा, नक्सा आफूसँग छँदैछ भन्ने सोच्ने पनि छन् ।” पहिले चासो नदेखाए जस्तो गर्नेहरु पनि पछि आफैँ विवाद झिक्ने गर्छन् । जग्गाधनी पछि आफ्नो अनुकूल समयमा जग्गा नाप्न भन्ने गरेपनि कार्यालयले त्यो समयमा नभ्याउने उहाँ बताउनुहुन्छ । 

ललितपुरका इमाडोल, सैँवु, धापाखेल, सुनाकोठी, टिकाथली लगायतका नगर नजिकका ठाउँमा जग्गाको स्वरुप परिवर्तन भइरहेका छन् । विसं २०२१÷२२ सालमा नापी हुँदा इमाडोल गाविसमा चार हजार कित्ता जग्गा थियो । अहिले पुनः नापी हुँदा १८ हजार जग्गा कित्ता बनेका छन् । इमाडोलमा चारसय प्रतिशतभन्दा बढी परिवर्तन भएको पुनः नापीले देखाएको छ । अहिले नापी भइरहेका ललितपुर उपमहानगरपालिका अन्तर्गतका क्षेत्र, सैँवु, इमाडोल, टिकाथलीलगायत सबै ठाउँको उत्तिकै मात्रामा परिवर्तन भइरहेको छ । 

उहाँ भन्नुहुन्छ, “पहिले खेतले भरिएको देखिने भएपनि अहिले तीनै ठाउँ घरले भरिएको नक्साले देखाएको छ ।” द्वन्द्वकालमा कुनै पनि जिल्लामा जग्गा नापीको काम अघि बढ्न सकेको थिएन । विभिन्न जिल्लामा सुरु भए पनि सुरक्षाको कारण अघि बढ्न सकेन । 

त्योभन्दा पहिले समेत जग्गाको नापी गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको थिएन । पछिल्लो समयमा नापी विभागले अछाम, अर्घाखाँचीजस्ता द्वन्द्वकालमा रेकर्ड नष्ट भएका जिल्लामा पुनः नापीलाई प्राथमिकता दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस