सञ्चिता घिमिरे/भदौ ९, ललितपुर । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । 

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्चिता घिमिरे/भदौ ९, ललितपुर । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । 

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुण"/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा पचास वर्षपछि पुनः नापी सुरु

सञ्चिता घिमिरे/भदौ ९, ललितपुर । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । 

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो । सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत परिवर्तन हुँदा फेरि नापी गर्नुपर्ने मान्यता छ । लामो समयसम्म पुनः नापी हुन नसक्दा जग्गाको कित्ता ५÷६ सय प्रतिशतसम्म परिवर्तन भइसकेको छ । 

ललितपुरका सैबु, चक्रपथ वरपरका स्थानमा पुनः नापी भइरहेको छ ।

इमाडोल, टिकाथली लगायतका स्थानमा भर्खरै मात्रै नापी सकिएको छ । विशेष गरेर जग्गाको स्वरुप धेरै परिवर्तन भइरहेका ठाउँमा पुनः नापी भइरहेको प्रमुख नापी अधिकृत बुद्धिमान जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “६० प्रतिशत परिवर्तन हुँदा नापी गर्ने गरिएपनि यी स्थानमा त्यो भन्दा कयौँ गुणा परिवर्तन भइसकेको छ ।” 

गत वर्ष नापी भएकामा यस वर्ष पनि त्यसले निरन्तरता पाउने जैसी बताउनुहुन्छ । वर्षाका समयमा नापी हुन नसकेकोमा अहिले त्यसले समेत निरन्तरता पाइरहेको छ । उहाँ भन्नुहुन्छ, “अभियानकै रुपमा अघि बढाउन नसकिए पनि हामीले निरन्तरता दिइरहेका छौँ ।” लामो समयपछि हुन लागेकाले पनि धेरै खालका कठिनाइ रहेका छन् । नापी आफैँमा जटिल काम भएको उहाँ बताउनुहुन्छ । 

सानो क्षेत्रफल जग्गाको समेत मूल्य चर्को हुँदा कतिपय जग्गाधनीले चासो बढी देखाउने गरेका छन् । उहाँ भन्नुहुन्छ, “बाटो अलिकति पर हुँदा पनि आफ्नो ठूलो मूल्यको जग्गा बच्ने सोच्छन् ।” 

समय र जग्गाको भाउका कारणले जग्गाधनीको चासो बढेको हो । कतिपय जग्गाधनीले भने नाप–नक्सा हुँदासमेत उपस्थित नहुने गर्छन् । जग्गाधनी उपस्थित हुँदा फिल्डमा नै विवाद टुङ्गिने भएपनि नहुँदा लम्बिने गर्छ । उहाँ भन्नुहुन्छ, “कतिपय जग्गाधनीले पुर्जा, नक्सा आफूसँग छँदैछ भन्ने सोच्ने पनि छन् ।” पहिले चासो नदेखाए जस्तो गर्नेहरु पनि पछि आफैँ विवाद झिक्ने गर्छन् । जग्गाधनी पछि आफ्नो अनुकूल समयमा जग्गा नाप्न भन्ने गरेपनि कार्यालयले त्यो समयमा नभ्याउने उहाँ बताउनुहुन्छ । 

ललितपुरका इमाडोल, सैँवु, धापाखेल, सुनाकोठी, टिकाथली लगायतका नगर नजिकका ठाउँमा जग्गाको स्वरुप परिवर्तन भइरहेका छन् । विसं २०२१÷२२ सालमा नापी हुँदा इमाडोल गाविसमा चार हजार कित्ता जग्गा थियो । अहिले पुनः नापी हुँदा १८ हजार जग्गा कित्ता बनेका छन् । इमाडोलमा चारसय प्रतिशतभन्दा बढी परिवर्तन भएको पुनः नापीले देखाएको छ । अहिले नापी भइरहेका ललितपुर उपमहानगरपालिका अन्तर्गतका क्षेत्र, सैँवु, इमाडोल, टिकाथलीलगायत सबै ठाउँको उत्तिकै मात्रामा परिवर्तन भइरहेको छ । 

उहाँ भन्नुहुन्छ, “पहिले खेतले भरिएको देखिने भएपनि अहिले तीनै ठाउँ घरले भरिएको नक्साले देखाएको छ ।” द्वन्द्वकालमा कुनै पनि जिल्लामा जग्गा नापीको काम अघि बढ्न सकेको थिएन । विभिन्न जिल्लामा सुरु भए पनि सुरक्षाको कारण अघि बढ्न सकेन । 

त्योभन्दा पहिले समेत जग्गाको नापी गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको थिएन । पछिल्लो समयमा नापी विभागले अछाम, अर्घाखाँचीजस्ता द्वन्द्वकालमा रेकर्ड नष्ट भएका जिल्लामा पुनः नापीलाई प्राथमिकता दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो