माघ ६, मङ्गलबारे | निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, मङ्गलबारे | निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रयोगविहीन छ इलाम बसपार्क

६ माघ २०७८, बिहीबार ०५:५१

माघ ६, मङ्गलबारे | निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी  चिन्तित छन् । स्थानीय दाताहरुले बसपार्क निर्माणका लागि साढे १० रोपनी जग्गा निशुल्क उपलब्ध गराए पनि  बसपार्क सञ्चालन नहुँदा उनीहरू चिन्तित भएका हुन् । 

विसं २०७३ असार १६ मा ठेक्का सम्झौता भई निर्माण शुरु भएको बसपार्क २०७७ साल जेठमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । नगरपालिकाको स्वामित्वमा आएपछि बसपार्क सञ्चालन हुने आशा गरेका नगरवासी एकाएक अर्कै प्रयोजनमा ल्याउन  लागेको थाहा पाएपछि आश्चार्यमा परेका छन् । 

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले बसपार्क निर्माणका लागि प्रथम चरणममा रु एक करोड आठ लाख र दोस्रो चरणमा रु तीन करोड ४ लाख गरी जम्मा रु चार करोड १२ लाख  खर्च गरेको बताइएको छ ।

हाल नगरपालिकाले निजी जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गरिरहेकाले सम्पन्न भइसकेको बसपार्क सञ्चालन नगरेको भन्दै नगरबासीले बिरोध जनाउन थालेका छन् । 

हाल सो स्थानमा नगरपालिकाले ९ नम्बर वडा कार्यालय सञ्चालन गरिरहेको  र अब कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला