भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । 

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । 

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वा"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा प्रदान

२०७३, ९ भाद्र बिहीबार ०५:५०

भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । 

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वास्थ्य चौकीले जनाएको छ । 

अमरभूमि–३ का नन्दकली नाईसाले रु दुई लाख बराबरको एक रोपनी चार आना, सोही ठाउँका जनक घर्तीले रु ६० हजार बराबरको पाँच आना एक दाम, अमरभूिम–२ का मनबहादुर पुनले करिब रु एक लाख ७० हजार बराबरको एक रोपनी एक आना जग्गा प्रदान गर्नुभएको छ । 

यस्तै, चन्द्रवीर घर्तीले रु एक लाख ६० हजार बराबरको एक रोपनी र गौरी विश्वकर्माले रु ५० हजार बराबरको ११ आना जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क दिनुभएको स्वास्थ्य चौकीका अहेव सीता थापाले जानकारी दिनुभयो । 

सरकारले स्वास्थ्य चौकी भवन निर्माणका लागि चार रोपनी जग्गा आवश्यक पर्ने प्रावधान ल्याएपछि नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयले जग्गा सहयोग गरेका हुन् । 

स्वास्थ्य सेवा प्रवाहमा सहजता आओस् भन्ने उद्देश्यले जग्गा निःशुल्क दिएको दाता मनबहादुर पुनले बताउनुभयो । उहाँले स्वास्थ्य जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया समेत दिनुभयो । जग्गा प्राप्तिसँगै स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ । 

जिल्लामा आव २०७१/०७२ मा १० वटा स्वास्थ्य चौकीका नयाँ भवनको निर्माण कार्य सुरु भएको थियो । केही निर्माण सम्पन्न भएको र केही अझै निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले जनाएको छ । यस वर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस