भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । 

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । 

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा प्रदान

९ भाद्र २०७३, बिहीबार ०५:५०

भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । 

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वास्थ्य चौकीले जनाएको छ । 

अमरभूमि–३ का नन्दकली नाईसाले रु दुई लाख बराबरको एक रोपनी चार आना, सोही ठाउँका जनक घर्तीले रु ६० हजार बराबरको पाँच आना एक दाम, अमरभूिम–२ का मनबहादुर पुनले करिब रु एक लाख ७० हजार बराबरको एक रोपनी एक आना जग्गा प्रदान गर्नुभएको छ । 

यस्तै, चन्द्रवीर घर्तीले रु एक लाख ६० हजार बराबरको एक रोपनी र गौरी विश्वकर्माले रु ५० हजार बराबरको ११ आना जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क दिनुभएको स्वास्थ्य चौकीका अहेव सीता थापाले जानकारी दिनुभयो । 

सरकारले स्वास्थ्य चौकी भवन निर्माणका लागि चार रोपनी जग्गा आवश्यक पर्ने प्रावधान ल्याएपछि नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयले जग्गा सहयोग गरेका हुन् । 

स्वास्थ्य सेवा प्रवाहमा सहजता आओस् भन्ने उद्देश्यले जग्गा निःशुल्क दिएको दाता मनबहादुर पुनले बताउनुभयो । उहाँले स्वास्थ्य जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया समेत दिनुभयो । जग्गा प्राप्तिसँगै स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ । 

जिल्लामा आव २०७१/०७२ मा १० वटा स्वास्थ्य चौकीका नयाँ भवनको निर्माण कार्य सुरु भएको थियो । केही निर्माण सम्पन्न भएको र केही अझै निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले जनाएको छ । यस वर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य