Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुवा खेलिरहेको अवस्थामा ललितपुरको झम्सिखेलबाट १० जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

असोज २८, ललितपुर / ललितपुरको झम्सिखेलबाट जुवातास खेलिरहेको अवस्थामा
बुधबार प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

झम्सीखेलस्थित मिरर
लङ रेष्टुरेन्टको भुइँतलाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी
परिसरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दयानिधि ज्ञवालीले जानकारी दिए।

पक्राउ पर्नेहरुमा काठमाडौँका सुमन कार्की, विजय खत्री, श्री महर्जन र खोटाङका गणेश
कोइराला, नुवाकोटका मङ्गल तामाङ, काभ्रेका हरिबोल खनाल, दोलखाका मानबहादुर तामाङ, सिन्धुलीका चतुरमान
बल, धादिङका विकास तामाङ र मकवानपुरका राजु लामा रहेका छन्।

जुवा खालबाट प्रहरीले नगद ४ लाख ३६ हजार ५०० बरामद गरेको जनाएको छ। रेस्टुरेन्ट सञ्चालक
राजेन्द्र राणालाई पक्राउ गर्न खोजी जारी रहेको प्रनाउ ज्ञवालीले जानकारी दिए।