८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

११ माघ २०७८, मंगलवार १०:४३

माघ ११, कर्णाली | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका  जीवनबहादुर कात्तिक १६ मा मुख्यमन्त्री बन्नुभएको थियो । 

सत्ता गठबन्धन दलभित्रै सहमति हुन नसकेपछि उहाँको नेतृत्वको सरकारले तीन महिनादेखि पूर्णता पाउन सकेको छैन । लामो समयसम्म मन्त्रालय मन्त्रीविहीन हुँदा काममा प्रभावित हुन थालेको जनाइएको छ । सङ्घीय व्यवस्था कार्यान्वयनको प्रारम्भदेखि राजनीतिक उतारचढावको सुरुआत कर्णालीबाट हुने तर त्यसको अधिकतम टुङ्गो केन्द्रले लगाउनुपर्ने निरन्तरताको क्रम भङ्ग यस पटक पनि हुन सकेन । 

सरकारको पूर्णताका लागि सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र०, नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी बीच पटकपटक छलफल भयो  तर उचित निकास निस्केन । सत्तारुढ दल माओवादी केन्द्रले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादी पार्टीले तीन मन्त्री पाउनुपर्ने अडानबाट पछि नहट्दा गठबन्धन सरकारले पूर्णता नपाएको  जनाइएको छ  ।

 प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका छ र समाजवादीका तीन  सदस्य छन् । ठूलो दल, राजनीतिक इमान्दारिता, आपसी सहमतिका आधारले सबैले आफ्नो माग पूरा हुनुपर्ने माग राख्दा १० मन्त्री बनाउनुपर्ने हुन्छ तर प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ । यसको अर्को विकल्प छैन । 

संवैधानिक प्रावधानबारे अवगत र मन्त्रालय टुक्र्याउने मामिलामा विकल्पविहीन हुँदा पनि गठबन्धन दलभित्रको अडान कायम रहेपछि सरकारको पूर्णता ढिलो भएको जनाइएको छ   । धेरै पटकको प्रयासबाट सरकार पूर्णतामा सत्ता गठबन्धनभित्र सहमति हुन नसकेका कारण अन्तिम टुङ्गो लगाउन केन्द्रलाई दिइएको मुख्यमन्त्री जीवनबहादुले जानकारी दिनुभयो ।

“सरकारलाई पूर्णता दिने सवालमा सत्ता गठबन्धन दलभित्र ठूलो छलफल भयो, “उहाँले भन्नुभयो, “तर परिपक्व निर्णय हुन सकेन । आखिरी समयसम्म पनि सहमति जुट्न नसकेपछि यसको अन्तिम टुङ्गो लगाउने केन्द्रलाई जिम्मा दियौँ ।” राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्नपछि दुई/तीन दिनभित्र केन्द्रको निर्णय आउने र सरकारले पूर्णता पाउने उहाँले जानकारीदिनुभयो । 

 निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुरले सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री जीवनबहादुरले यसको सहि निकास दिन नसकेको टिप्पणी गर्नुभयो । “गत वैशाखमा हामी गठबन्धनबीच भएको सहमतिअनुसार मैले सरकारको नेतृत्व गर्दा तत्कालीन नेकपा एमाले ९हालको समाजवादी० र कांग्रेसलाई मिलाएकै थिए”, उहाँले भन्नुभयो, “त्यो अग्रसरता हालका मुख्यमन्त्रीले लिनुपथ्र्यो ।” 

सत्ता गठबन्धन मिलाउन आफूले त्यतिबेला कांग्रेसको मागलाई पूर्ति गर्दै समाजवादी पार्टीलाई पनि विशेष स्थान दिएर सरकार सञ्चालन गरेको निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुरले बताउनुभयो । केन्द्रमा पठाए पनि माओवादीले चार मन्त्री नछोड्ने जनाउँदै उहाँले सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री जीवनबहादुरले केही त्याग गरेको भए केन्द्रको निर्णय कुर्नुपर्ने अवस्था नआउने राससलाई जनाउनुभयो ।

 नेकपा एकीकृत समाजवादी० का प्रमुख सचेतक देवी ओलीले सङ्घीयता संरचनामा आए पनि मानसिकता नआउँदा हरेक निर्णय केन्द्रकै भरमा बस्नुपर्ने अवस्था आएको बताउनुभयो । गत वैशाख ३ गते ‘फ्लो क्रस’ गर्दाको सहमति कार्यान्वयनमा नआएका कारण सरकारले पूर्णता पाउन नसकेको उहाँले प्रतिक्रिया दिनुभयो ।  उहाँले भन्नुभयो, “समस्या पर्दा प्रयोग गर्ने तर समाधान भइसकेपछि बिर्सने प्रवृत्तिले कर्णालीमा यो अवस्था आयो । गठबन्धन दलभित्र भएको सहमति अहिले ‘खोलो तर्यो लौरो बिस्र्यो’ भने जस्तै भएको छ ।” पछिल्लो समयमा नेपाली राजनीतिमा इमान्दारिता, विश्वसनीयताको खडेरी हुँदै जाँदा जनताका पक्षमा अपेक्षित काम हुन नसकेको उहाँको भनाइ थियो ।

केन्द्रको निर्णय कुर्दै बसेको गठबन्धन दलका लागि कर्णाली सरकार पूर्णताको अन्तिम टुङ्गो प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र० का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी० का अध्यक्ष एव  पूर्वप्रधानमन्त्री माधव नेपालले लगाउनुहुने जनाइएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना