२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

११ माघ २०७८, मंगलवार ११:२२

माघ ११, गण्डकी | जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीयसचिव प्रकाश शर्माले आफ्नो ३० औँ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ विद्यार्थीलाई रु ३५ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

पोखरा महानगरपालिका–९ स्थित नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपी, कलम, मास्कलगायत सामग्री वितरण गरिएको थियो । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समारोहमा स्वकीयसचिव शर्माले आफ्नो जन्मदिन अवसरमा विगत १० वर्षदेखि आफूले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिब एवं विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । अपाङ्गता भएका विद्यार्थी भाइबहिनीले आफूलाई कमजोर महसुस नगरीकन शिक्षामा अब्बल हुनुपर्नेमा जोड दिँदै उहाँले पठनपाठनमा कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्पmत अपाङ्गता भएका २७६ बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवं निजामती सेवामा प्रवेश गरेको जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी गोपि तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठलगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो