२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

१२ माघ २०७८, बुधबार ०६:०८

माघ १२, गलकोट | बागलुङ नगरपालिका–८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । 

सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उहाँले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताउनुभयो । “सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो रु ६० देखि रु ६५ सम्म पर्छ, पोखरा लगेपछि रु १२० सम्ममा बिक्री गरेको छु”, खड्काले भन्नुभयो, “यसपटक गत वर्षभन्दा रु एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।” खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाउनुभयो । 

यस्तै सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै रु दुई लाखको सुन्तला बिक्री गर्नुभएको छ । उहाँले गत वर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिनुभयो । “गत वर्ष रु साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यस वर्ष रु तीन लाख हात पार्ने लक्ष्य हो, तर औसा किरा र वर्षात्को समयमा फूल झर्दा रु दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ”, खड्काले भन्नुभयो ।

खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले यस वर्ष झण्डै रु साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । 

“सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरुवा थप भएका छन्”, वडाध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ नगरपालिकाले उब्जानी अनुदानवापत यो आर्थिक वर्षमा सिगानाका किसनाले रु ६ लाख अनुदानसमेत पाएका छन्, नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक रु पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यस वर्ष रु साढे दुई करोड रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन् ।” खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ ।

यस वर्ष रु तीन करोडको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा किराको समस्याले रु ५० लाखको उत्पादन घटेको छ । सिगानाका सयभन्दा बढी किसनाको बगैँचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन् । उनीहरुले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् । 

यस वर्ष बागलुङ नगरपालिकाले दुर्ई हजार सुन्तलाका बिरुवा र दुई हजार कागतीका बिरुवा अनुदानमा वितरणसमेत गरेको थियो । सिगाना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समेत समावेश भएको छ । सिगानामा कोरोनाअघि वार्षिकरूपमा सुन्तलाको प्रवद्र्धन र विकासका लागि सुन्तला उत्सवसमेत आयोजना हुँदै आएको थियो । कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुनसकेको छैन । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यसको माग उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए