चितवन | तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चितवन | तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएक"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सोनाम ल्होछार घरघरमा मनाइने

१२ माघ २०७८, बुधबार ०८:०६

माघ १२, चितवन | तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो ।

यही माघ १९ गते ल्होछार पर्व पर्दछ । नेपाल तामाङ धेदुङ्ग सङ्घ चितवनका अध्यक्ष गोपीराज घलानका अनुसार कोरोना करहका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएकाले यसवर्ष ल्होछार घरमा नै मनाउन लागिएको हो । 

कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी मनाइने उहाँले बताउनुभयो । सामान्यतः गुम्बा, गुठीलगायतका क्षेत्रमा भेला भएर मनाउने गरिएकामा यस वर्ष राष्ट्रिय परिस्थितिका कारण समस्या आएको हो । उहाँले भन्नुभयो, “यही माघ १९ गते परेको ल्होछारमा आफन्तसँग भेटघाटसमेत हुनसक्ने अवस्था रहेन ।” यस वर्षबाट गाई वर्गको अन्त्य भई बाघ वर्ग सुरु हुने उहाँले बताउनुभयो ।  

जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनि सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउने गरिएको थियो । अन्य गुम्बामा पनि यो पर्व मनाउने गरिन्छ । घलानले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्दै घरघरमा पर्व मनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की