२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोरोना कहरले सेवा प्रभावित हुँदै कञ्चनपुरका पालिका

२०७८, १२ माघ बुधबार ०८:२६

माघ १२, महेन्द्रनगर | कोरोना सङ्क्रमणको तेस्रो लहर समुदायस्तरमा फैलिएपछि कञ्चनपुरका पालिका र स्थानीय प्रशासनको सेवा प्रभावित बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको छ । 

यहाँको भीमदत्त, बेदकोट, कृष्णपुरलगायतका नगरपालिकामा समेत कर्मचारी सङ्क्रमित देखिएपछि सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि गत पुसको अन्तिम साताबाट यहाँ कडाइ गर्न थालिएको थियो । प्रशासनले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने, जुलुश, धर्ना, महोत्सव तथा सामाजिक कार्यमा रोक लगाएको छ ।

त्यसैगरी तीन दिनअघि जिल्ला कोभिड व्यवस्थापन समितिले गड्डाचौकी नाकाबाट अत्यावश्यकबाहेक सामान्य अवस्थामा आगावमन गर्न नदिने निर्णय गरेको छ । सीमामा ओहोरदोहर गर्नै परेर खोप कार्डलगायतका कागजात अनिर्वाय रुपमा देखाउनुपर्ने जनाएको छ ।

भीमदत्त नगरपालिकामा माघको पहिलो साता १६ कर्मचारीमा सङ्क्रमण देखिएपछि एक सातायता नगरपालिकाले आफ्नो सेवा रोकेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशीले यही माघ १९ गतेसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा कोरोनाका कारण स्थगन गरिएको जानकारी दिनुभयो । 

उहाँले नगरपालिकाको गड्डाचौकीमा परीक्षणका क्रममा सङ्क्रमित देखिएकालाई अस्पताल पु¥याउने, खोप नाकामै लगाउनेलगायतका कार्यमा खटिएको बताउनुभयो । जोशीका अनुसार नगरपालिकाले स्वास्थ्य कार्यालयसित समन्वय गरेर खोप अभियानलाई पनि अघि बढाएको छ ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि कर्मचारी र नागरिकमा कोरोना सङ्क्रमण बढेको भन्दै तीन दिनयता सेवा स्थगन गरेको छ । नगरपालिकाले विज्ञप्ति जारी गरी आगामी शनिबारसम्म सेवा स्थगन गरिएको जनाएको छ ।

यहाँको जिल्ला निर्वाचन कार्यालयले पनि कर्मचारी सङ्क्रमणबाट प्रभावित भएपछि मङ्गलबारदेखि सेवा प्रवाहमा रोक लगाएको छ । निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन गर्नेको भीडभाड रहदै आएको थियो ।

कार्यालयले अर्को सूचना जारी नभएसम्म आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जनाएको छ । मङ्गलबार यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ मङ्गलबार मात्रै १९५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा १५ जना सङ्क्रमित उपचाररत रहेका छन् भने बाकी अवस्था सामान्य भएपछि होम आइसोलेशनमा बसिरहेका छन् । स्वास्थ्य कार्यालयका कोभिड सम्र्पक व्यक्ति सिद्धराज भट्टले जिल्लामा सङ्क्रमण दर भीमदत्तमा उच्च रहेको छ ।

जिल्लामा पालिकास्तरबाट खोप अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । “अस्पतालमै गएर उपचार गराइहाल्नुपर्ने खालका सङ्क्रमितको सङ्ख्या न्यून नै छ”, उहाँले भन्नुभयो, “खोपका कारण पनि पहिलो जस्तो गम्भीर खालको सङ्क्रमण देखिएको छैन ।”

यहाँको बेदकोट नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिमा समेत सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत पदमराज भट्टले माघ १७ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जानकारी दिनुभयो ।

कृष्णपुर नगरपालिकाले पनि एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले सूचना जारी गरी जनप्रतिनिधि र कर्मचारीमा सङ्क्रमण देखिएकाले सेवा बन्द गरिएको बताउनुभयो । त्यसैगरी यहाँ जिल्ला प्रहरी कार्यालय र मातहतको युनिटले ‘तपाईको मास्क खै?’ अभियान सञ्चालन गरेको छ । प्रहरीले सङ्क्रमण न्यूनीकरणका लागि स्वास्थ्य सामग्री प्रयोग, दूरी कायमलगायतका विषयमा स्वयम् नागरिक सचेत हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल