२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पहिरामा परेर कामदारको मृत्यु

२०७८, १२ माघ बुधबार १०:३०

माघ १२, रसुवा | विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । सो पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार  निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो । घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ।

यस्तै सोही पहिरामा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ  निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल