२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

१३ माघ २०७८, बिहीबार ११:३३

माघ १३, काठमाडौँ | एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले  हप्ता दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए ।

करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी  अन्धकारमा बस्न बाध्य भएको उहाँले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो ।

पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नगर्दा स्थानीयवासीले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ थियो । विद्युत् कुन ठाउँमा कसरी बिग्रेको हो हालसम्म यसको जानकारी नै नदिइएकाले यस विषयमा उक्त केन्द्रमा सम्पर्क गर्न सम्पर्क गर्न खोज्दा सम्भव भएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो