२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा हिमपात : जनजीवन कष्टकर

२०७८, १४ माघ शुक्रबार १०:१७

माघ १४, हुम्ला | हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय  गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ । 

यहाँको उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ । लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कोमा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले हुम्ला जिल्लामा अत्यधिक मात्रामा हिमपात भएकाले खोप लगाउन सिमकोट गाउँपालिकाका वडाहरुमा नै स्वास्थ्यकर्मी खटाइएको बताए । नेपाल विद्युत् प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले हिमपातका कारण विद्युत्भार कटौती गर्न बाध्य भएको बताएको छ ।

सिमकोट गाउँपालिका–८ याङ्गुका हस्तेवीर शाहीका अनुसार ६० घरधुरीमध्ये १५ घरधुरीमा बत्ती बालेको र ४५ घरधुरी विद्युत् सेवाबाट बञ्चित हुन पुगेकाले पटकपटक विद्युत् कार्यालय धाउनुपरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल