नन्दराम जैशी | भदौ १०, जुम्ला | जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु भएका जात्रा आज सकिने जात्रा समिति जुम्लाले जनाएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १०, जुम्ला | जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु भएका जात्रा आज सकिने जात्रा समिति जुम्लाले जनाएको छ "/>
२९ पुष २०८२, मंगलवार
जुम्ला - JML

कर्णालीकै ठूलो र लामो जात्राका कार्यक्रमहरु आज सकिदै

१० भाद्र २०७३, शुक्रबार ०३:२४

नन्दराम जैशी | भदौ १०, जुम्ला | जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु भएका जात्रा आज सकिने जात्रा समिति जुम्लाले जनाएको छ । हिजो नेपाल प्रहरी, नेपालि सेना सहितको बाल गोपाल र बलराम, राधिका गोपिनिहरु निकालिएको जात्रा समिति जुम्लाका अध्यक्ष राजुसिह कठायतले जानकारी दिए । कृष्ण मन्दीर हुदै चन्दननाथ भैरबनाथ मन्दीर परीक्रमा गरी भत्तजनबाट पुजा आजा गराइ दिनको लाखे नाच रात्रिको १२ बजेबाट बन्द गरी पुन रात्रिमा देउडा खेल खेलाइएको थियो ।

जात्रा समापनको दिन आज बिहान ११ बजेबाट जात्रा निकालिने र साँझ सभा पाँच बजे नेपाल प्रहरी र नेपालि सेनाको रथ यात्रा गरी यस बर्षको जात्रा समापन गरीने जात्रा समितिले जनाएको छ । जात्रा मुख्य बजारबाट सुरु भइ जिल्ला प्रहरी कार्यालय लाइन हुँदै कालेखोलीसम्म पुर्याएर पुनः बजार आइपुगेपछि समापन गरिने  समितिका अध्यक्ष कठायतले बताए ।

यसैबिच यस बर्षको जात्रालाइ ब्यवस्थीत बनाउन र झैझगडालाइ कमि गर्न महिला र पुरुषको बस्ने ठाँउ पनि छुट्यायएको छ । जात्रा हेर्न सजिलोहोस् भन्नका लागि सबै महिलाहरुलाइ घरको छतमा बस्न दिइएको जात्रा समिति जुम्लाका संरक्षक चित्रलाल श्रेष्ठले बताए । अन्तीम दिन आजको जात्रा सफल पार्न नँया शक्ति नेपाल लगाएतका विभिन्न संगठनबाट करीब २ सय बढि युवा स्वयंसेवक परीचालन गराइने भएका छन् । यस्तै जात्रालाइ सब्य भब्य र ब्यवस्थीत बनाउन पोसाक तथा सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परीचालन गरीएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…